
काठमाडौँ। युवा निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसरमा ‘आमा’ शीर्षकको भावुक म्युजिक भिडियो सार्वजनिक गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई संगीत र दृश्यमार्फत मार्मिक रूपमा प्रस्तुत गरेका हुन्।
विशेष कुरा के छ भने, भिडियोमा अधिकांश भूमिकामा सुमनकै परिवारका सदस्यहरू देखिएका छन्, जसले कथालाई अझ यथार्थ र आत्मीय बनाएको छ। गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन् भने स्वरमा प्रमोद खरेल र समीक्षा अधिकारी रहेका छन्। संगीत वसन्त सापकोटाको रहेको छ।
भावनात्मक कथा, पारिवारिक आत्मीयता र उत्कृष्ट प्रस्तुतिका कारण ‘आमा’ भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ। आमाको माया र सन्तानको समर्पणलाई उजागर गर्ने यो सिर्जना हरेक सन्तानका लागि विशेष भावनात्मक कोसेली बनेको छ।


