कलाकारितामा सम्भावना बोकेकी मनिषा



काठमाडौं । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन् । पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरु पनि यस क्षेत्रमा रुचि राख्न थालेका छन् । कति सफल पनि भइरहेका छन् भने कति हराईरहेका पनि छन् ।

यस्तै बाल्यकाल देखि नै नृत्य र अभिनयमा रुचि राख्ने मोडल मनिषा लकान्द्री भविष्यमा चर्चित भन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर कला क्षेत्रमा प्रवेश गरेकी छन् । मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र पनि हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो ।

मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरु रहेका छन् भने क्षमतावान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो माध्यम पनि हो । वास्तवमा कलाकारितमा एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम, दाम दबै कमाउँन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिने गरेको पाईन्छ । मोडलिङ क्षेत्रलाई ब्यबसायिक रुपमा अगाडी बढाउँने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी मोडल मनिषा लकान्द्री उर्लाबारी मोरङकी स्थानीय बासिन्दा, आफ्नो उज्ज्वल भविष्यको लागि संघर्षरत छिन् ।

विभिन्न कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी मनिषाले आधा दर्जन बढी भिडियोमा काम गरेकी छन् । लामो समय कोरोना कहरका कारण धेरै भिडियो छुटेको र अब केहि भिडियोहरुको कुरा भइरहकोले आगामी दिनहरु म्युजिक भिडियोको काममा अलि ब्यस्त हुने बिश्वास मनिषाले लिएकी छन् । फिल्मी नायिका भन्दा पनि म्युजिक भिडियो प्रति अलिबढी आकर्षित मनिषा चर्चित भन्दा पनि कुशल कलाकार बन्न चाहन्छिन ।