तेस्रो पटक नाइँ नभन्नु ल भन्दै शिर्ष गीत (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बलिउडमा तेस्रो सिरिजले सफलता पाएर चौंथो सिरिज बनाउने थालनी हुँदै गर्दा कलिउडमा पनि दोस्रो सिरिज बाट तेस्रो सिरिज बनाउने कार्यको सुरुवात भएको छ तेस्रो सिरिजको पहिलो चलचित्र बनेको ‘नाई नभन्नु ल’ को तेस्रो सिरिज ‘नाई नभन्नु ल-३’ले आफ्नो शीर्ष गीत सार्वजनिक गरेको छ । गायक शिशिर योगीका छोरा संयोग योगी, राजेश पायल राई तथा रजिना रिमालले यस गीतमा स्वर दिएका छन। यसमा शब्द तथा संगीत वसन्त सापकोटाको रहेको छ।Nai-Na-Bhannu-La-3
पहिलो र दोस्रो सफल बनाउने मुख्य व्यक्ति तथा निर्देशक बिकाश आचार्यले यो पटक आफुले निर्देशनको जिम्मा मुस्कान ढकाल लाइ दिएका छन् भने चलचित्रको लेखन विकास आचार्यले गरेका हुन । २०७० सालमा रिलिज भएको ‘नाई नभन्नू ल- २’ सो वर्ष सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको थियो।
‘नाई नभन्नू ल-३’मा तेस्रो सिरिजमा पहिलो र दोस्रोको मुख्य पात्र जीवन लुइँटेल लाइ देख्न पाइने छैन । ‘नाई नभन्नु ल-३’ मा सुरज सिंह ठकुरी, संचिता लुईटेल, प्रियंका कार्की,आर्यन सिग्देल, अनुभव रेग्मी आदिको मुख्य भुमिका रहेको छ । चलचित्र ‘नाई नभन्नु ल’ को पहिलो र दोस्रो सिरिज आफ्ना गीत संगीतका कारण चर्चित रहँदै आएको छ। चलचित्र नयाँ बर्षको छेको पारेर चैत २७ गतेदेखि रिलिज हुँदैछ ।