माघ १ मा नै उपत्यका बाहिर इच्छा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण पछि निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’ माघ २ गते देशव्यापी रिलिज हुने भनेता पनि माघे संक्रान्तीलाई मध्यनजर गर्दै उल्लेख्य दर्शक हलसम्म ल्याउने उद्देश्यले गर्दा उपत्यका बाहिर माघ १ मा नै प्रदर्शनमा आउने भएको छ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो चलचित्र हामी सबैको इच्छा रहेको निर्देशक घिमिरेले बताएका छन् ।
Subash-thapa-ichhya
माघ १ मा उपत्यका बाहिर प्रदर्शनमा आउने चलचित्र, उपत्यकामा चाहिँ माघ २ मा नै प्रदर्शन हुने भएको छ । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।