हलमा हरर चलचित्र ‘घर’, तर्साउला त दर्शक ?


काठमाडौं । आज शुक्रबारबाट हरर चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । उनले यसअघि पनि हरर चलचित्र ‘सुनकेशरी’निर्देशन गरेका थिए ।

चलचित्र ‘घर’मा अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल मुख्य भूमिकामा छन् ।

चलचित्रको शुक्रबार बिहान राजधानीमा विशेष शो आयोजना गरिएको थियो । जहाँ अधिकांशले चलचित्र हेरुन्जेल मनभित्र डर पैदा गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

एक दम्पतीले घर किनेर बसाइ सरेपछि त्यही घरभित्र हुने भूत–प्रेतको कथामा चलचित्र बनेको छ ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रलाई शर्मीला पाण्डेले निर्माण गरेकी हुन् । सन्तोष अधिकारी चलचित्रको सह निर्माता रहेका छन् । चलचित्रमा सूर्य थोकरको द्धन्द्ध, निरज कंडेलको छायाँकन एवं मिलन श्रेष्ठको सम्पादन छ ।