प्रदेश २ मा चलचित्र निर्माण कार्यशाला सम्पन्न



काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत ( क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सात दिन सम्म चलेको उक्त कार्यक्रममा सर्लाही,रौतहट,बारा र पर्सा जिल्लाको गरी जम्मा ३१ प्रशिक्षार्थी सहभागी रहेको आयोजकले जानकारी दिएको छ। सहभागीले आफुले सिकेको कामलाई

चलचित्र विकास वोर्डको आयोजनमा भएको कार्यक्रमको संयोजन निर्देशक समाजले गरेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए। मङ्सिर १ गते देखि ७ गते सम्म संचालन भएको कार्यक्रमले नेपाली चलचित्रमा भबिस्य बनाउने खोज्ने हरुलाई बिसेष लाभ पुगेको आयोजकले बिस्वाश लिएको छ। कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि ,निजगढ नपा प्रमुख सुरेश कुमार खनाल,बागमती नपा प्रमुख भरत कुमार थापा, हान अध्यक्ष बिजय झुनझुन वाला,चुरे संरक्षण तथा पर्यटन प्रबर्धन फाउन्न प्रदेश अध्यक्ष बिष्णु साह,नाटा प्रदेश २ अध्यक्ष मोहन शर्मा,पर्सा होटेल ब्यबसायी संग महासचिब टब्रेज आलाम, बरिस्ठ छायाकार पुरुषोत्तम प्रधान ,बिकास बोर्ड सदस्य प्रकाश भट्टराई, वरिष्ठ चलचित्रकर्मि निर्देशक समाजका सस्थापक अध्यक्ष युबराज लामा लगायत स्थानिय संचारकर्मिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रशिक्षण कार्यक्रम चलचित्र बिकास बोर्डको आयोजना र नेपाल चलचित्र निर्देशक समाजको ब्यवस्थापन तथा संयोजनमा भएको थियो। उक्त कार्यक्रममा होटल तथा पर्यटन व्यावसायिक संघले प्रदेश न २ मा चलचित्र छायाकन गर्दा होटल बसोबास तथा यातायातमा बिशेष छुट दिने , बागमती नगरपालिकाको भरत तालमा फिल्म छायांकन स्टुडियो निर्माणको लागि जमिन उपलब्ध गराउने,बागमती नगर पालिकाले समृद्धि नामक फिल्म बनाउने समेत घोषणा गरिएको थियो ।