रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक


काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा सर्जक रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ। भगवान शिवप्रतिको आस्था, भक्तिभाव र आध्यात्मिक चेतनालाई केन्द्रमा राखेर तयार गरिएको भजन युट्युबमार्फत सार्वजनिक गरिएको हो। भगवान शिवको विशेष दिन सोमबारको अवसर पारेर रिलिज गरिएको भजनले भक्तिभाव, आध्यात्मिक चेतना र पशुपतिनाथप्रतिको अटुट विश्वासलाई भावपूर्ण ढंगले प्रस्तुत गरेको छ।

तीन दशकभन्दा बढी समयदेखि नेपाली लोक, दोहोरी, भजन र सांस्कृतिक संगीतमा सक्रिय खनाल हाल अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय छन्। नयाँ भजन सार्वजनिक गर्दै उनले दर्शक–श्रोताबाट माया र प्रतिक्रिया दिन आग्रह गरेका छन्।

सार्वजनिक भजनमा शब्द, संगीत तथा स्वर स्वयं रामप्रसाद खनालकै रहेको छ। संगीत संयोजन बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ श्याम श्वेत रसाइली र प्रि–मिक्सिङ कमल थापा मगरले गरेका छन्।

अडियो तथा भिडियो निर्माण इन्टरनेशनल मिडिया एन्ड इन्टरटेनमेन्ट हाउस यूएस तथा इन्टरनेशनल आर्टिस्ट्स फोरम यूएसएले गरेका हुन्।

भिडियोको निर्देशन रामप्रसाद खनाल स्वयंले गरेका छन् भने छायांकन ताराकान्त बिक र प्रदीप बोहोराले गरेका छन्। सम्पादनको जिम्मेवारी पनि ताराकान्त बिकले सम्हालेका छन्।

भिडियोमा रामप्रसाद खनाल, तीर्थ पौडेल, कमल बिक, प्रतिमा बिक, प्रमेश घिमिरे, रमिला रसाइली, कल्पना बिक, चन्द्र थापा किरण, सङ्गीता हर्मेल, खगेन्द्र बुढा मगर, लवकुश महतलगायत कलाकारहरूको अभिनय रहेको छ।

नेपाली लोक, दोहोरी, भजन तथा सांस्कृतिक संगीतका क्षेत्रमा लामो समयदेखि सक्रिय खनालले नयाँ भजनमार्फत भगवान शिवप्रतिको समर्पण, विश्वास र मानव जीवनका संघर्षबीच ईश्वरप्रतिको भरोसाको भावलाई प्रस्तुत गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.