यसबर्षको धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बन्यो ‘पेद्दी’

फिल्मले ९ दिनमै ३६६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको जानकारी


काठमाडौँ। दक्षिण भारतीय फिल्म ‘पेद्दी’ थुप्रै विवाद पार गरेर प्रदर्शनमा आएको एक साता बितेको छ । प्रदर्शनको केही दिनमा यसले सिनेमाघरसम्म दर्शक तान्न सफल भएको देखिन्छ।

निर्देशक बुच्ची बाबु सानाको निर्देशनमा बनेको फिल्म ‘पेद्दी’ ले बक्स अफिसमा सफलता हासिल गरेको छ। फिल्मले उत्कृष्ट प्रतिक्रिया र दर्शकहरूको समर्थनका कारण प्रदर्शनको केवल ९ दिनमै विश्वभरबाट ३६६ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

यस उपलब्धिसँगै ‘पेद्दी’ सन् २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बनेको छ। निर्माताहरूले सामाजिक सञ्जालमार्फत फिल्मले ९ दिनमै ३६६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन्।

फिल्ममा राम चरण मुख्य भूमिकामा रहेका छन्। साथै शिव राजकुमार, जाह्नवी कपूर ‘अचियम्मा’ को पात्रमा देखिएकी छिन् भने दिव्येन्दु शर्मा र जगपति बाबुले पनि महत्वपूर्ण भूमिका निभाएका छन्।

फिल्मलाई दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। सकारात्मक समीक्षाहरू र वर्ल्ड अफ माउथका कारण फिल्मको कमाइ निरन्तर बढिरहेको छ।

फिल्मको विश्व प्रिमियर ३ जुन २०२६ मा गरिएको थियो भने ४ जुन २०२६ देखि विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन सुरु भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.