साथीहरु बनाउन र घुम्न मनपराउने वर्षा


नेपाली चलचित्र उद्योगमा उधाउदो नायिका र म्युजिक भिडियोमा चर्चित नाम हो वर्षा शिवाकोटी । अध्ययनको हिसाबले स्नाताक तह अध्ययनरत वर्षाको जन्म सीतापाइला, काठमाडौँमा भएको हो । नयाँ नयाँ साथीहरु बनाउन र घुम्न साह्रै मनपराउने वर्षाले तिन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । आउनुस यिनै नयिका वर्षा शिवाकोटि र सेलिब्रेटि नेपाल बीचको अन्तरंग कुराकानी :-

आज भोलि के मा ब्यस्त हुनुहुन्छ?
एउटा चलचित्र, म्युजिक भिडियो र आफ्नो अध्ययन
barsha..
नाइ नभन्नु ल २ आयो तर नाइ न भन्नु ३ मा त वर्षा छैन नि,पछि किन रोकावट भयो?
नाइ न भन्नु २ मा पनि मेरो छोटो रोल थियो, नाइ न भन्नु ३ मा पनि छोटोनै रोल भएकोले आफुलाई खुलाउन नसक्ने भएकोले त्यस्मा भएन । तर रोकावट नै चाहिँ भएको छैन,आउने क्रममा छ । आफुलाई चित्त भुज्दो रोल पनि पाएको छैन,पाएको को सुटिंग सुरु भएको छैन । फेरी आफ्नो पढाईलाई पनि निरन्त्रता दीनै पर्यो त्यसैले अलिक समय लागेको हो, रोकावट नै भको हैन ।

चलचित्र र म्युजिक भिडियोको फरक के छ?
चलचित्र भनेको एउटा यस्तो चिज हो जस्मा अभिनय, द्वन्द, हास्य व्यङ्ग सबै थोक हुन्छ । एउटा सम्पूर्ण कुराको मीस्रण हो चलचित्र । तर म्युजिक भिडियो भनेको एउटा सिमित कुरामा निर्भर हुन्छ । रोमान्टिक गीत छ भने रोमान्टिक सिन मात्र हुने भएकाले त्यस्मा सिमित परिधि हुन्छ ।

निर्माता, निर्देसकलाई खुसि राख्न सक्यो भने सफल भइन्छ बन्ने हल्ला छ नि?
हैन ! आफूमा खुबी भयो भने कसैलाई खुसि पारिरहनु पर्दैन । आफुमा आत्मबल, खुबी केहि पनि नहुने मान्छेले यो सब बन्ने गर्छन । मैले आज सम्म कसैसंग पनि काम माग्न गएकी छैन,त्यसैले मलाई यो गलत जस्तो लाग्छ । अरूसंग काम माग्न गयो भने यो सब लागु हुन्छ होला

कस्तो रोलमा अभिनय गर्न मन छ?
म एकदम रिजब बस्न रुचाउने मान्छे । मलाई आफुलाई खुलाउने, आफुले आफुलाई मन भरिन्जेल मैले हेर्न पाएको छैन, त्यसैले आफैलाई मन भरुन्जेल हेर्न मिल्न । अहिले नै बोल्ड र च्यालेंजिंग रोल भन्दा पनि मा जे छु त्यहिँ नै खुल्ने खाले रोल गर्न मन छ ।
नेपाली बजारमा जस्तो चलचित्र आयो तेसैको ट्रेन्ड छ,यस्मा कस्तो खालको रोलमा रुची छ !

बिबाह पछि यो क्षत्रलाई निरन्तरता दिनु हुन्छ कि हुँदैन?
मैले अहिलेनै यो क्षत्रलाई पुर्ण रुपमा अंगालि सकेकी छैन । त्यहिँ पनि एक चोटी यो क्षत्रमा लागे पछि लत नै लागे जस्तो भएको छ । सक्बर त बिबाह पछि पनि निरन्तरता दिन्छु तर त्यस्तै परिस्थिति आयो भने छोड्न पनि सक्छु किन भने मेरो पढाई पनि राम्रो भएकाले मैले यसैलाई नै करियर बनाउनु पर्दैन । तर बुझ्ने मान्छे पाए भने यो क्षत्रलाई माया मार्दिन ।
Barsha-Siwakoti
त्यसो भए यो क्षत्रमा भबिस्य देख्नु भएको छैन?
हैन! भबिस्य नदेखेको भन्दा पनि मसंग विकल्पको बाटो भएकाले नसोचेकी हु । भबिस्य त यो क्षत्रमा पनि छ तर जस्तो हुनुपर्ने हो त्यस्तो छैन । नेपालमा यो क्षत्रमा मात्र लागेर बच्न एकदम गारों छ ।

नायिका पश्चात अरु रोल पाउनु भयो भने के गर्ने?
मलाई नायिका कै रोल चाहिन्छ बन्ने हैन । आफुलाई सुहाउने र खुल्ने रोल पाए भने जुन रोल पनि गर्छु । मा एउटा कलाकार हु र कलाकार भनेको अरुको लागि हुन्छ त्यसैले नायिकाको मात्र रोल गर्छु भन्न मैले मिल्दैन ।

तपाई सफल मोडेल कि सफल नायिका?
नायिकाको रुपमा म छायता पनि सफल भएकी छैन । मा एक सफल मोदेल नै हु जस्तो लाग्छ ।

आफुमा आत्मविश्वास नै भएन भने त कुनै पनि निर्माता र निर्देशकले लिदैंनन नि?
आत्मविश्वास नभएको हैन तर त्यसलाई अझ मजाले प्रस्तुत गर्न नपाएको हो ।

नाइ न भन्नु ल २ ले नै तपाई चिनायको हो?
नाइ न भन्नु ल २ ले मलाई मौका दिएको हो, आफुमा भएको प्रतिभा देखाउन । सुरुवाति काम नाइ न भन्नु ल २ बाट भएकाले त्यसैले मलाई चिनाएको भन्दा हुन्छ ।

वर्षा कस्तो केटि?
म एकदम रिजब बस्न रुचाउछु । सानो सानो कुरामा खुसि हुन्छु र एकान्ता मन पराउने मान्छे हु म । सुरुमै कसैसंग पनि खुल्न सक्दिन ।

केटि त घमण्डी हुन्छन नि? वर्षा कत्तिको घमण्डी छ?
केटी मात्र हैन घमण्डी त सबै हुन्छन । कसैले देखाउछन् कतिले लुकाउछन् फरक त्यति मात्र हो । मलाई पनि सुरुमा भेट्दा सबैले घमण्डी भन्छन तर पछि मिल्दै गए पछि हैन रछ भन्नु हुन्छ ।

कस्तो मान्छेमा रुची छ?
म आफु शान्त भएर बस्ने भएकाले अरुलाई हसाई रहेने मान्छे मलाई मन पर्छ । सबैसंग मिल्ने, आत्मबिस्वासी र रोमान्टिक मान्छे मनपर्छ ।

आफु चाही कत्तिको रोमान्टिक हुनुहुन्छ?
म आफु रोमान्टिक नै छु जस्तो लाग्छ ।

ग्यामर के हो?
ग्ल्यमर भनेको सुन्दर हो जस्तो लाग्छ तर यहाँ ग्ल्यामारको सहि अर्थ नबुझी त्यसलाई दुरुपयोग गरेर भल्गर बनाइन्छ ।

कति सम्मको सिन दिन तयार हुनुहुन्छ?
म आफु जति सम्म खुल्न सक्छु त्यति सम्म मात्र दिन्छु ।

कथाले मागे जति त दिनु पर्छ नि?तपाई तयार?
म कथाले मागे जति सबै दिन तयार छैन । कथाले मागो भन्दैमा जे पनि गर्नुपर्छ भन्ने मलाई लाग्दैन । म आफुलाई जति सम्म दिन सक्छु, जति सम्म दिदा मलाई कम्फटेबल लाग्छ त्यति सम्म मात्र दिन्छु । कथाले मागे जति सबै चाहिँ म दिन सक्दिन ।

त्यसो भए यो क्षत्र वर्षाको रुची मात्र हो?
अहिले सम्म चाहिँ रुची मात्र हो भन्नु पर्ला । किनभने आगामी दिनहरु, दर्शकहरुले मलाई कस्तो प्रतिकृया दिनु हुन्छ त्यो हेरेर हुन्छ ।

कसैलाई थाहा नभको कुनै गोप्य बानि?
म एकदम चाडो रिआक्ट गर्छु । रिस उठ्यो भने जति चाडो रिस उठ्छ त्यतिनै चाडो कुल हुन्छु र खुसि भए भने एकदम खुसि हुन्छु ।
Barsha
मनि माईन्डेड छ कि छैन वर्षा?
म मनि माईन्डेड छु ।

नेपालमा सेलिब्रेटि भएर बच्नलाई कत्तिको सझिलो छ?
नेपालमा सेलिब्रेटि मात्र भएर बाच्न एकदम गारों छ । कुनै पनि कुरा सिस्टममा हुदैन यहाँ,झन् यो क्षत्रमा एकदम गारो छ ।

निर्माता,निर्देशक पिडिद हुनु भाएको छ कि छैन?
म काम खोज्दै हिंडदिन, हाम्रो काम गर्दिनुस भन्दै आउनु हुन्छ । त्यो भएकाले गर्दा अहिले सम्म तेस्तो भएकी छैन र आगामि समयमा पनि हुने छैन ।

सेक्स अनुभव छ कि छैन?
अहिले सम्म छैन ।

वर्षा सिंगल हो?
हो ! अहिले सम्म मन मिल्ने,कुरा बुझ्ने मान्छे भेटेकै छैन ।