ओस्कार अवार्ड बिजेता रबिन मृत फेला परे


ओस्कार अवार्ड बिजेता हलिउड सेलिब्रेटी रबिन विलियम्स् आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन्। ‘गुड विल हन्टिङ’ चलचित्र बाट ओस्कार अवार्ड जित्न सफल अमेरिकन अभिनेता रबिन विलियम्स्क्या लाई क्यालिफोर्नियाको प्रहरीले आपतकालीन सन्देश पाएपछि उनको निवासमा पुग्दा उनी मृत अवस्थामा भेटिएका थिए। केही समय यता उनमा लागु पदार्थ र मदिरा सेवनको लत बसे पछि उनलाई सुधार केन्द्रमा समेत राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
Robin-williams
विलियम्स्को निधन स्वभाविक नभई आत्महत्या हुन सक्ने अधिकारीहरुले जनाएका छन्। विलियम्स्की पत्नी सुजैन स्नाइडरले रबिन विलियम्स् केहि दिन एता विचलित अवस्थामा रहने गरेको बताइएकी छन्। उनी ‘द फिसर किङ’, ‘डेड पोइट्स सोसाइटी’, ‘गुड मर्निङ भियतनाम’ सिनेमाबाट ओस्कारमा नोमिनेशनमा समेत परेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.