पर्दाको कथा, राजनीतिमा वास्तविकता


एजेन्सी। सन् २०१८ मा विजय अभिनीत सरकारले निर्वाचनमा हुने धाँधली र मताधिकारको विषय उठाएको थियो। फिल्ममा उनले आफ्नो मतका लागि लड्दै अन्ततः स्वयं उम्मेदवार बनेर जित्ने पात्र निभाएका थिए।

आठ वर्षपछि त्यो कथा वास्तविकतासँग मिल्न पुगेको देखिएको छ। विजयले सन् २०२४ मा ‘तमिलागा वेत्रि कझगम (टिभीके)’ पार्टी गठन गर्दै सक्रिय राजनीतिमा प्रवेश गरे। कुनै ठूला राजनीतिक घराना वा गठबन्धन बिना सुरु भएको उनको यात्राले छोटो समयमै संगठन विस्तार र जनसमर्थन जुटाउन सफल भयो।

सन् २०२६ को विधानसभा निर्वाचनमा मतगणना सुरु हुँदा टिभीकेले सयभन्दा बढी क्षेत्रमा अग्रता लिएको देखियो, जसले दशकौँदेखि प्रभाव जमाउँदै आएको शक्तिशाली दलहरूलाई समेत चुनौती दियो। उच्च मतदाता सहभागितासँगै विजय स्वयं उम्मेदवार हुनु पनि चर्चाको विषय बन्यो।

फिल्ममार्फत ‘जाऊ र भोट हाल’ भन्ने सन्देश दिएका विजय अहिले त्यही जनमतको परीक्षणमा उत्रिएका छन्। पर्दामा देखिएको जित वास्तविक राजनीतिमा पनि दोहोरिएको जस्तो देखिए पनि अबको सबैभन्दा ठूलो चुनौती भने शासन सञ्चालन नै हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.