प्रशान्त गिरि नब नायक कुराकानी


   

                                 

 

 

 

 

 

प्रशान्त गिरि नब नायक

प्रशान्त गिरि नेपाली चलचित्र मा उदाउदै गरेका कलाकार हुन् उनि द्वारा अभिनीत साईना अब छिट्टै   रिलिज हुदै छ उनले अभिनय गरेको अर्को चलचित्र थ्यांक यु पनि प्रदर्शन मिति पर्खाइमा रहेको छ उनि छिट्टै नै अर्को चलचित्रको सुटिंग मा ब्यस्त हुदैछन् उनि संग सेलेब्रिटी नेपाल ले गरेको कुराकानी——–

  • तपाई कसरि चलचित्र क्षेत्र मा प्रवेश गर्नु भयो ?

मेरो पहिले देखि कै रुची हो सानै देखि चलचित्र मा अभिनय गर्ने पर्दामा देखिने सोख भएको कारण

  • चलचित्र साईना कस्तो चलचित्र हो ?

यो एउटा हरर मुभी हो।

  • चलचित्र साइना बाट कस्तो अपेक्षा राख्नु भएको छ ?

साइना बाट मैले ठूलो अपेक्षा राखेको छु । नेपालमा पहिलो पटक हरर चलचित्र बनेको छ फरक स्वाद भएको चलचित्र मा अभिनय गर्न पाउदा एकदम खुसि भएको छु । चलचित्र साइना बाट नेपाली चलचित्र क्षेत्रमा स्थापित हुन सक्छु भन्ने लाग्छ ।

  • नेपाली दर्शक हरुले हरर मुभी हेरछन् त?

बलिवूड,हलिवुड का हरर मुभी हेरी रहेका छन् नेपाली मुभी राम्रा नबनेर हुन् साईना लाई दर्शक ले अबश्य रुचाउछन् ।

  • अहिले को संकटकालिन बजार मा कतिको व्यापार गर्ला त ?

अलग धार मा बनेको चलचित्र भयको हुनाले दर्शक ले रुचाउ छन् ।

  • असोज महिना देखि रिलिज मिति सारेर मंग्शिर पुर्याउनु कारण के हो ?

केहि समय सेन्सर मा रोकियो थोर आफ्नै प्रबिदिक कारण ले पनि हो ।

  • चलेका अनुहार नभई चलचित्र हेर्ने दर्शक हुन्नन् भन्ने मान्यता थियो कुनै बेला,अहिले नया अनुहार पनि चल्न थालेका छन् तपाइको कारण कति दर्शक हल सम्म पुग्लान?

पुरानो अनुहार भयर मात्र चल्ने होइन राम्रो चलचित्र छ हल सम्म दर्शक आउछन् मेरो मात्र होइन सम्पूर्ण टिम को कारण दर्शक आउछन् ।

  • भाबी योजना के छ?

नरेश पौडेल दाई को चलचित्र ब्वाय फ्रेन्ड गर्दै छु साईना का निर्देशक समिर मिया संग नया चलचित्र गर्दैछु अब यहि क्षेत्र मा सक्रिय हुन्छु ।

  • सेलेब्रिटी भयर बाच्न कतिको सजिलो छ ?

गार्हो छ,पर्सनालिटी जोगायर हिड्न गार्हो छ म त नया छु

  • अहिले के के मा समय खर्च गर्नु हुन्छ?

अहिले मेरो पुरा समय चलचित्र लाई नै हो।

  • दर्शक लाई केहि भन्नु हुन्छ ?

सम्पूर्ण दर्शकलाइ चलचित्र साइना  प्रर्दशन हुदैछ हेरिदिनु होला र तपाइ मुटुको बिरामि हुनुहन्छ या कमजोर मुटु छ भने  फिल्म नहेर्नु होलाभन्न चाहन्छु।