संचारकर्मी बिना श्रेष्ठ सम्मानित



काठमाडौँ। भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्डको चौथो संस्करणमा टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ सम्मानित भएकी छिन् ।

काठमाण्डौको होटल हायात प्यालेसमा नेपाल इन्टरनेसनल , ब्राईट ईभेन्ट म्यानेजमेन्ट तथा स्पर्स फिल्म एण्ट टच ईन्टरटेनमेन्टको आयोजनामा भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेसनल फेसन एण्ड मोडल अवार्ड २०७९ मा विगत लामो समयदेखि संचार क्षेत्रमा योगदान पुर्याएको भन्दै संचारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको हो ।

सम्मानित संचारकर्मी श्रेष्ठ विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । श्रेष्ठ टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता र एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर पनि हुन् ।

कार्यक्रममा फेसन , मोडलिङ तथा प्याजेन्टमा आबद्ध ब्यक्तिहरुलाई बिभिन्न विधामा अवार्ड बितरण सँगै कलाकार , मोडल ,खेलाडी , संचारकर्मी, समाजसेवी लगायतलाई बिभिन्न क्षेत्रमा रहेर अतुल्यन योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.