हाम्रो प्रतिस्पर्धा चलचित्र संग होइन दर्शक संग हो -राजेश घतानी


चलचित्र बाटोमुनिको फुल निर्माण गरेर सफल निर्माता बनेका राजेश घतानी यतिबेला आफ्नो दोस्रो चलचित्र बितेका पलको प्रचार प्रसारमा ब्यस्त छन्।उनको चलचित्र बितेका पल पौष २६ बाट प्रदर्शनमा आउने भएको छ। चलचित्र बितेका पलको गित संगीत दर्शक तथा श्रोताहरुले मनपराइ सकेका छन् । निर्माता राजेश घतानीसंग बितेका पलको बारेमा सेलिब्रेटी नेपालक प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :
rajesh-ghatani
बितेका पल कस्तो चलचित्र हो?
चलचित्र बितेका पल घटना मात्रै होइन सत्य घटनामा आधारित हो हाम्रै समाजमा घटेको महिला माथिको कथा हो।

बितेका पल पहिलो चलचित्र बाटो मुनिको फुल बाट सफल निर्देशक बनेका सुरज सुब्बाको काम पहिले र अहिलेमा कत्तिको फरक पाउनु भयो?
त्यो बेला समयको लागि बाटो मुनिको फुल राम्रो थियो। एउटा गम्भीर बिषय थियो। बितेका पल अझै फराकिलो बिषय हो यसमा पहिलेको भन्दा पनि राम्रो काम भएको छ निर्देशक सुरज सुब्बा अझै खारिएका छन्। झनै राम्रो काम देखिएको छ।

चलचित्र बितेका पल किन हेर्ने?
लामो समय पछि राम्रो चलचित्र बनेको छ यो चलचित्रको कथा कसैको कपि तथा कसै बाट प्रभावित छैन। कथा सबल छ गित संगीत राम्रो बनेको छ। सुटिंग स्थल नयाँ छ कलाकार तथा निर्देशक सुरज सुब्बाको काम सार्है राम्रो भएको छ। दर्शकलाई हामीले झुक्याउने काम गरेका छैनौ।

बाटोमुनिको फुलको भन्दा बितेका पलको रेस्पोन्स राम्रो पाउनु हुन्छ त ?
बाटोमुनिको फुलमा भएका गल्ती कमि कमजोरी बितेका पलमा नदोर्यौने गरी हामीले बितेका पलमा काम गरेका छौ । बाटोमुनिको फुल भन्दा अझै स्तरिय चलचित्र बनेको छ दर्शकको रेस्पोन्स राम्रो पाउने छौँ र व्यापार पनि बढी हुनेछ ।

बाटोमुनिको फुलका गयिका देखि निर्देशक समेत बितेका पलमा अटाए तर यस कुमार अटाउनु भएन नि?
यसकुमारजीलाई चलचित्रको स्टोरी अनुसार कतै पनि सूट भएन र उहा अन्य चलचित्रहरुमा ब्यस्त हुनुहुन्थ्यो । फेरी भविष्यमा कुनै प्रोजेक्टमा संगै काम गर्नेछौं बितेका पलमा यश कुमारजी लाई हामीले मिस गरेका छौँ ।

पौष २६ मा अन्य ४ चलचित्र पनि चल्दैछन् यसरि चलचित्र जुधाऊदा ब्यापारमा असर पर्दैन?
पौष २६ मा अन्य कति वटा चलचित्र चल्दैछन् भन्ने हामीलाइ जानकारी छैन अन्य ४ मात्रै होइन ८ चलचित्र चले पनि हामीलाई फरक पर्दैन दर्शकले राम्रो चलचित्र हेर्ने हुन् नराम्रो चलचित्र दर्शकले हेर्ने होइनन। अनि हाम्रो प्रतिस्पर्धा चलचित्र संग होइन दर्शक संग हो।  हामी अहिले प्रचार प्रसारमा ध्यान दिइ रहेका छौँ। हामी सक्षम छौँ त्यसैले अरु संग हामीलाई डर छैन। हाम्रो कसै संग प्रतिष्पर्धा पनि छैन।

यो वर्ष रिलिज भएका करिब ६० वटा चलचित्रले आफ्नो लगानी उठाउन नसकेको बेला अलि ओभर कन्फिड़ेन्स हो कि ?
हामी लगानी मात्र उठाउने होइन नाफा पनि कमाउनु पर्चा भन्ने मान्यतामा छौँ राम्रो चलचित्र बनेकोले हामी ढुक्क छौँ। हामीले बितेका पल बाट इतिहास बनाउने।

राम्रो चलचित्र सोलो रिलिज हुँदा राम्रो हुन्थ्यो होलानी? तपाईं हरुले अरु निर्माता हरु लाई यसरि भिडन्त नगरौं भन्नु भएन?
हाम्रो देश नेपालमा प्रदर्शनको कुनै नियम छैन अरु आउने चलचित्र हरु लाई हामीले नआऊ भन्न मिल्दैन। याँहा कुनै सिस्टम छैन यस्तोमा जति वटा संग पनि जुध्नु पर्छ जो राम्रो छ त्यहि चल्ने हो सोलो रिलिज हुँदै मात्र पनि चलचित्र चल्छ भन्ने छैन।