जसको किस्मत छ उसकै राम्रो हुन्छ-गोबिन्द शाही


चलचित्र कहाँ छौ कहाँ बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक तथा निर्माता गोविन्द शाहीको तेस्रो चलचित्र पराई पुष २६ गते बाट प्रदर्शनमा आउने क्रममा रहेको छ गोविन्द शाही अचेल चलचित्रको बितरणमा पनि सक्रिय बनेका छन्। गोबिन्द शाही संग चलचित्र पराई रिलिजको सम्बन्धमा उनि संग हाम्रा प्रतिनिधिले गर्नु भएको कुराकानी
govinda-shahi
पराई नाम कसरि जुर्यो?
चलचित्रको कथा नै पराई छ। एउटा समाज बाट फालिएर पराई बनेको बच्चाको कथा हो। हाम्रै समाज वर परका घटना लाई चलचित्रमा देखाउन खोजिएको छ।
पुष २६ गते पराई संगै अन्य ४ चलचित्र रिलिज हुने भनिएको छ यसरि चलचित्र जुदाउनु राम्रो हो?
यसरि चलचित्र जुद्नु भनेको सार्है नराम्रो हो चलचित्र जुद्दा समस्या हुन्छ अहिलेको समयमा एउटा मात्र चलचित्र चल्दा त लगानी उठाउन धौ धौ छ ४-५ वटा चलचित्र चल्दाको हालत के होला?
माघे संक्रान्ति खाने दाउले यो भिडन्त भएको हो?
माघे संक्रान्तिको मात्रै कुरो होइन अरु पनि भित्रि कुरा हुन सक्छन। मैले पहिले डेट लिएको हुँ। मैंले अरु साथी हरु लाई यसो नगरौं भनेर कुरा गरेको उहाँ हरु जसको किस्मत छ उसकै राम्रो हुन्छ भन्नु हुन्छ।
निर्देशक शिव रेग्मीको असामयिक निधन भयो,निर्देशक नहुँदा कस्तो फिल गर्नु भएको छ?
सार्है नरमाइलो भएको छ सोच्दै नसोचेको कुरा भोग्नु पर्यो उहाँ नहुँदा हामी लाई अपूर्ण जस्तो फिल भइ रहेको छ। चलचित्र पराई शिव रेग्मी कै कथा पटकथा तथा निर्देशनमा तयार भएको हो उहाँको कथा लाई उहाँले जति अरुलाई बुझाउन सक्नु हुन्थ्यो त्यो हामी बाट नहुन सक्छ।
चलचित्र पराई दर्शकले किन हेर्नु पर्छ?
पराई पूर्ण ब्यबसायिक चलचित्र हो। चलचित्रमा सामाजिक बिषय बस्तु लाई उठान गरिएको छ। चलचित्र पूर्ण मसालेदार बनेको छ दर्शकले चलचित्र हेरुञ्जेल मनोरंजन पाउनु हुनेछ मनोरन्जनका साथै संदेश पनि दिन खोजेका छौँ।
चलचित्रमा तपाईं संगै अन्य दुइ नायक तथा दुइ नायिका हुनुहुन्छ चलचित्रको प्रचार प्रसारमा कत्तिको साथ पाउनु भएको छ?
अहिले हामी चलचित्रको व्यापक प्रचार प्रसारमा लागेका छौँ सबै जना युनिट बाट राम्रै साथ पाएको छु। उहाँ हरुले आबस्यकता पर्दा हामी तयार छौँ भन्नु भएको छ।
यो चलचित्र पछि तपाईंको योजना के छ?
म अब अर्को चलचित्रको तयारीमा जुटेको छु। अब बनाउने चलचित्र एक्सन प्रधान हुनेछ। चलचित्र निर्माणका अलावा  हाल म चलचित्रको वितरणमा सक्रीय भएको छु।