नेगेटिभ हिरो बन्न चाहन्छु,भानु प्रताप


Bhanu-pratapझापा जिल्लामा जन्मियर कलाकारितामा उदाउदै गरेका भानु प्रताप ०५८-०५९ साल तिर हातमा स्क्रिप्ट बोकेर निर्देशक बन्ने योजनाका साथ निर्देशक तुलसी घिमिरेको पछि निकै समय लागि रहे तर निर्देशक तथा स्क्रिप्ट लेखक बन्ने मौका पाएनन्। केहि टेली चलचित्रमा अभिनय गरेर ४-५ वर्ष आफ्नै व्यापार ब्यबसायमा लागे ०६९ सालमा विजय बस्नेत मार्फत चलचित्र दलाल बाट फेरी कलाकारितामा सक्रिय हुन थाले र छोटो समयमा नै नेगेटिभ हिरोको रुपमा चर्चा बटुल्न पनि सफल बने उनि अभिनित ‘दलाल’ सफल भयो। उनको अर्को चलचित्र टिचर प्रदर्शनको पर्खाइमा छ। अर्को चलचित्र बर्दीको भर्खरै सुटिंग सकिएको छ। उनि अन्य ४ वटा चलचित्रमा आफु अनुबन्ध भई सकेको बताउछन्। उनै भानु प्रताप संग सेलिब्रेटी नेपालका प्रतिनिधिले गर्नु भएको कुराकानीको सम्पादित अंश

कलाकारितामा आउने धेरै जसो नायक बन्न चाहन्छन् तपाईं चाँही कसरि नेगेटिभ रोलमा मात्र ?
-प्राय सबैको चाहना नायक बन्ने हुन्छ चलचित्रमा नायक र खलनायक दुवैको भूमिका महत्वपुर्ण हुन्छ। समाजमा पनि दुवै प्रकृतिका मान्छे हुन्छन। म नेगेटिभ हिरोको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छु।

तपाईं लाई नायक भएर नायिका संग रोमान्स गर्ने इच्छा छैन ?
-नायिका संग जोडियर नाच्नु र रोमान्स गर्नु माया प्रितिका नाटक गर्नु मलाई रहर छैन। मेरो उदेस्य भनेको चलचित्रमा आफ्नो एउटा पहिचान बनाउनु र राम्रो कलाकार बन्नु हो।

तपाई लाई नायकको अफर आयको छैन देख्दा कुनै हिरो भन्दा कम देखिनु हुन्न?
-म नाम लिएरै भन्न चाहन्न मैंले ३ वटा चलचित्रमा नायक अफर आफु लाई चित्त नबुझेर छाडेको छु। म आफु नेगेटिभ हिरो भनेर चिनिन चाहन्छु।

नेगेटिभ रोल गर्ने लाई याँहा हिरो मान्दैनन् कसरि तपाईं नेगेटिभ हिरो भन्नु हुन्छ?
-बलिवुड बाट हाम्रो चलचित्र इन्डस्ट्री पनि प्रभावित छ म पनि बलिवुड तथा हलिवुडका केहि कलाकार बाट प्रभावित छु जस्तै बास्तवमा संजय दत्तको रोल,रेस २ मा जोन अब्राहमको रोल,बाजिगरमा साहरुख खान उनि हरु नायक कि के त ?

नेपाली कलाकार हरु राज्यले केहि गरेन भन्छन कलाकारले राज्यको लागि केहि गर्नु पर्चा कि पर्दैन?
-राज्यले कलाकार हरु लाई सिस्टम बनायर लगेमा कलाकार हरु आफु बाच्न सक्ने भएमा राज्य लाई पनि केहि गर्नु पर्छ।
अहिले त राज्य र राज्य संचालन गर्ने नेता हरुले के गरेका छन् र त्यो भन्दा धेरै हामी कलाकार हरुले बरु जनतालाई मनोरंजन प्रधान गरेर केहि मात्र भए पनि राहत दिएका छौ।

नेपालमा सेलिब्रेटी भएर बच्न कतिको गार्हो छ ?
-अहिलेको बजार अनुसार निकै गार्हो छ। कलाकारिता संगै अन्य ब्यबसायमा पनि लाग्नु पर्ने बाध्यता छ। अझ फेसेनेबल ट्रेन्ड अनुसार मेन्टेन गर्ने लाई त झनै गार्हो छ।

तपाईं लाई डन भनेर चिन्दा रहेछन अनि नेगेटिभ रोल गर्दा झनै गार्हो पर्दैन?
म एक रेस्टुरेन्ट ब्यबसायी हुँ म ठेक्का पट्टा गर्ने मान्छे र यस्तो ब्यबसाय गर्ने लाई डन भन्दा रहेछन् म अन्याय र अत्याचारको बिरोध गर्छु अन्यायमा कसैले दुख दिन्छ भने उनिहरुको हकमा बोल्दिनछु त्यसो गर्दा कसैले डन भन्छ भने मलाई केहि फरक पर्दैन।

नेपाली चलचित्रको बजार घट्नुको कारण के होला?

-चलचित्र खेल्ने रहर पुरा गर्न पैसा लगानी गरेर आउनेहरुको बढीले गर्दा यो क्षेत्रमा अलि बिकृति फैलिएको हो। यो क्षेत्र भनेको ब्यबसाय हो ४० -५० लगानी गरेर व्यवसायका साथै दर्शक लाई स्वच्छ मनोरंजन प्रदान गर्ने हो। पाईरेसिको कारणले पनि गार्हो भएको छ।
पाइरेसी रोक्नको लागि के गर्नु जरुरि छ?

पाइरेसी रोक्न सबै मुख्य जना चेतना जगाउनु जरुरि छ। हामीले केहि साथी हरु मिलेर पाइरेसी रोक्न ‘प्रतिलिपि अधिकार संरक्षण नेपाल’नामक संस्था खोलेर विभिन्न अभियान संचालन गरेका छौँ।
यो संस्थामा को को हुनु हुन्छ अनि हाल संस्थाले के गर्दै छ ?
यो संस्थाको अध्यक्ष निर्देशक विजय बस्नेत हुनुहुन्छ म महासचिब छु। अहिले हामीले जन चेतना जगाउने काम गरि रहेका छौ। विभिन्न चेतना जगाउने पोस्टर पम्प्लेट टास्ने,रेडियो टि भी मा प्रचार पब्लिक नोटिस प्रसारण गर्ने कार्य गर्दै छौ। अब छिट्टै कपि हुने ठाउँ हरु जस्तो कि मोबाइल पसल,भी सी डी पसल हरुमा छापा मार्ने कार्य गर्ने छौ। अब देश भर पाइरेसी रोक्न अभियान चलाउछौ।
तपाईंको निर्देशक बन्ने चाहना सकिएको हो कि?
-२-४ वर्ष कलाकारितामा जमेर निर्देशनमा हात हाल्छु। अहिले निर्देशनको विभिन्न पाटो हरुमा जानकारी लिंदै छु।