अभिनेत्री पेनेलोप क्रुज दोस्रोपल्ट आमा बनिन्


Penelop-hollywood

बेलायती राजकुमारी केट मिडलटन पहिलोचोटि आमा बनेकै दिन अभिनेत्री पेनेलोप क्रुज दोस्रोपल्ट आमा बनेकी छन् । केटले छोरो जन्माइन् भने पेनेलोपले छोरी । तर राजदरबारका नयाँ सदस्यलाई हेर्न आम बेलायती लालायित रहेको खबर आइरहेका बेला ओस्कार अवार्ड विजेता स्पेनिस अभिनेत्रीको समाचार भने छायामा परेको छ ।विक्की क्रिस्टिना बार्सिलोना’ का को-स्टार जेभियर बार्डेमसँग तीन वर्षको अफेयर्सपछि सन् २०१० मा बिहे गरेकी पेनेलोपले एक वर्षपछि नै छोरो जन्माएकी थिइन् ।

पहिलो सन्तानका रूपमा लियोनार्दोलाई दुई वर्षअघि जन्म दिँदा पेनेलोपले आमा बनेपछि आफूमा धेरै परिवर्तन आएको टिप्पणी गरेकी थिइन् । एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘आमा बनेपछि तपाईंले छुट्टै आत्मीयता पाउनुहुन्छ । यसलाई म क्रान्तिकारी अनुभव भन्न रुचाउँछु । दयालु प्रकृतिले हामीलाई यसका लागि नौ महिनाको तयारी समय दिन्छ ।’

उनले केहीअघि हार्पर्स बजार म्यागजिनलाई दिएको अर्को अन्तरवार्तामा दोस्रो सन्तानपछि आफूले वर्षमा एक वा बढीमा दुई फिल्म मात्रै गर्ने जनाउँदै भनेकी थिइन्, ‘दुईभन्दा बढी त हुँदै हुन्न किनभने त्यसपछि मेरो प्राथमिकतामा फिल्मभन्दा अरू नै भइसकेको हुनेछ ।’ ‘भोल्भर’ नायिका पेनेलोपका २०१३ मा ‘द काउन्सिलर’ र ‘आई एम सो एक्साइटेड’ रिलिज हुँदै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.