कृषि पेशामा छु सिधै भन्दा खेत जोत्नमा ब्यस्त छु,बिनिता बराल


binita baral sari nextनायिका बिनिता बरालले चपली हाइटबाट आफ्नो एक किसिमको हाइट बनाईन् चपली हाइट पछि चलचित्र फुल स्टप मा अभिनय गरिन फुल स्टपको बजार फुल स्टप नै भयो त्यस पछिको उनको अर्को चलचित्र सुपरहिट प्रदर्शनको क्रममा छ। उनै सुपर हिट नायिका बिनिता संग सेलिब्रेटी नेपालका प्रतिनिधिले गर्नु भएको छोटो कुराकानी

अहिले तपाईं के मा ब्यस्त हुनु हुन्छ ?
धेरै जसो नेपाली हरुले गरि रहनु भएको कृषि पेशामा ब्यस्त छु सिधै भन्दा खेत जोत्नम ब्यस्त छु।

कृषिमा के के गर्दै हुनु हुन्छ?
मैले दुइ जना  साथी हरु सँग मिलेर टोखामा अर्गानिक कृषि फर्म खोलेको छु।

एका एक खेति पातिमा लाग्नुको रहस्य चाँही के हो?
मलाई सानै देखि कृषि पेशा मन पर्थ्यो हाम्रो देशका ९० प्रतिशत जनसंख्या कृषि पेशामै हुनु हुन्छ। अर्को कुरा विदेश पलायन हुनु भन्दा आफ्नै देशमा खेति गर्नु राम्रो हो भन्ने सोचले पनि हो। कृषि पेशा बाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा अहिलेको युवा पुस्तालाई देखाउन पनि मन लागेको छ। कृषि पेशालाई धेरैले तिरस्कार गर्नु हुन्छ हामी जस्तो सेलिब्रेटी हरुले यो पेशा अपनायर समाजमा सन्देश दिन पनि सकिन्छ।

 नयाँ चलचित्रमा किन काम नगर्नु भएको अफर नभयर कि किन?

अफर नभएको होइन भन्दा तपाईं लाई विश्वास नलाग्ला म संग एक दिन भर हिड्नु भयो भने तपाईं लाई थाह हुनेछ मलाई कति अफर आएको छ तर यति धेरै अफर आए पनि मेरो मनले खाने झक्कास अफर चाहिं नभएको हो।अब छिट्टै नयाँ चलचित्रमा अनुबन्धित हुँदै छु।

अनि चलचित्र र खेति पातीमा समय कसरि म्यानेज गर्नु हुन्छ?
सकिन्छ जहाँ इच्छा त्यहाँ उपाय भन्छन आफु लाई मन लागेको कार्य गर्न समय मिलाउन सकी हालिन्छ नि ठुला बिजनेस म्यान हरु दस वटा कार्य गर्छन।

पहिलो चलचित्र बाट जति चर्चा पाउनु भएको थियो त्यो त अब हराऊदै गएको हो कि भन्ने लागेको छैन?
चर्चामा आइ रहनु मिडियामा सँधै छाई रहने भन्ने कसैको लागि पनि हुँदैन होला कुनै बेला मेरो चर्चा हुन्छ कुनै बेला अर्कोको फेरी पालो घुमी रहन्छ जस्तो लाग्छ मलाई।

नेपाली नायिकाहरु प्राय सबै केहि समयको चर्चा र व्यस्तता पछि आफसे आफ हराउने गर्दछन तपाईं पनि त्यसैमा पर्ने त होइन ?
चलचित्र क्षेत्रमा आएर दशौँ बीसौं वर्ष रहनु पर्छ भन्ने छैन हराउन पनि सकिन्छ पुन आउन पनि सकिन्छ।

तपाईंको चलचित्र सुपरहिट दर्शक कहिले हेर्न पाउने छन् ?
अब छिट्टै नै हेर्न पाउनु हुने छ। बक्स अफिस लागु हुने भनेर हामी कुरेका हौँ बक्स अफिस लागु हुने बित्तिकै हाम्रो चलचित्र रिलिज हुने छ।
बक्स अफिस लागु भएन भने नि चलचित्र रिलिज हुँदैन?
आशा गरौ बक्स अफिस श्रावन १ गते बाट लागु हुन्छ। भएन भने पनि चलचित्र सुपरहिट रिलिज हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.