आई लभ सेक्स-सुमिना घिमिरे


sumina ghimire 420 320

सुमिना घिमिरे, हेर्नमा जति सुन्दर छिन् विवादले पनि उनलाई त्यत्तिकै पछ्याउन थालेको छ। कहिले मिडियाकर्मीसँगको विवाद त कहिले आफैंले अभिनय गरेको चलचित्रका निर्मातासँग भनाभन। यस्तै–यस्तै सकारात्मकभन्दा नकारात्मक व्यवहारका कारण मनोरञ्जन बजारमा छाइरहने सुमिनासँग भएको रोचक कुराकानी प्रस्तुत गरिएको छ।

सुमिना नामभन्दा बदनाम बढी छिन् भन्छन् नि?

मलाई त्यस्तो लाग्दैन।

बजारमा किन यस्तो कुरा त?
म घरमा सुतेर बसेकी भए न त मेरो नाम हुन्थ्यो न त बदनाम नै, काम गर्दै जाँदा कहिले नामैनाम अनि कतै सानो मिस्टेक भयो भने बदनाम।

नकारात्मक कुराचाहिँ बढी किन?
हाम्रो समाज र सोच यस्तै छ। राम्रो कुरा होइन, नराम्रो कुरा कोट्याउने अनि चासो पनि त्यस्तै कुरामा बढी। मेरो राम्रो कामको तारिफ मैले कम नै सुन्ने गरेकी छु।

चलचित्र लभ फरेभरमा त गजव संवाद बोलिएछ नि?

कस्तो संवाद …?

आई लभ सेक्स?
यो संवादले पनि बजारमा निकै खैलाबैला मच्चायो।

यस्तो खैलाबैला मच्चाउने संवाद बोल्ने त?
यो संवाद मात्र सुन्दा त्यस्तो लागेको हो। तर, पछि सिनेमा हेरेपछि थाहा हुन्छ कि संवाद कस्तो ठाउँमा बोलिएछ भनेर। फिल्म नै नहेरीकन संवादको भरमा कमेन्ट गर्ने गजवको शैली छ यहाँ।

उसो भए यू लभ सेक्स?

अवश्य !यसलाई सबैले माया गर्छन् जस्तो लाग्छ। चलचित्र भित्र पनि म एउटा पात्र हुँ। अनि कथाको मर्म नमर्ने गरी मैले यो संवाद बोलेकी छु ‘आई लभ सेक्स’।

वास्तविक जीवनमा नि?
सिनेमालाई वास्तविक जीवनसँग नजोडौँ। जे–जहाँ छ त्यही छोडौँ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.