चीनले रोक्यो ब्राड पिटको फिल्म ‘वर्ल्ड वार जेड’लाई


world-war-z

हलिउड अभिनेता ब्राड पिटले निर्माण गरेको फिल्म ‘वर्ल्ड वार जेड’लाई चीनको सेन्सर बोर्डले रिलिजका लागि अस्वीकृत गरिदिएको छ। चीनमा रिलिज नभए २० करोड डलर खर्च भइसकेको यस फिल्मको लगानी असुरक्षित हुने खतरा बढेको छ। आपत्ति जनाउन सक्ने दृश्य हटाएर पेश गर्दा पनि चीनले फिल्मलाई अनुमति दिइसकेको छैन।

फिल्मको निर्माण स्टुडियो युनिभर्सल अझै पनि चीनको सेन्सरबाट चित्तबुझ्दो जवाफको अपेक्षामा छ। ‘हामीले फरक संस्करण पठाएका छौं, औपचारिक जवाफ आउन बाँकी नै छ,’ युनिभर्सलका प्रवक्ताले भने। हलिउडका लागि ठूलै बजार मानिन्छ चीन। यसै वर्षको सुरुवातमा अमेरिकापछि सबैभन्दा बढी फिल्म दर्शक भएको राष्ट्रको सूचीमा जापानलाई विस्थापित गर्दै चीनले दोस्रो स्थान हासिल गरेको थियो। सन् २०२० सम्ममा यसले अमेरिकालाई पनि उछिन्ने अनुमान छ। म्याक्स ब्रुक्सको उपन्यासमा आधारित फिल्म ‘वर्ल्ड वार जेड’मा भूतप्रेत सम्बन्धी कथा छ। फिल्ममा ब्राड पिटबाहेक माइरियले इनोस, ब्रायन क्रान्सटन र म्याथ्यु फक्सको मुख्य भूमिका छ। गत डिसेम्बरमै रिलिज गरिने भनिए पनि फिल्ममा पुनःछायांकन गरी प्रशस्त हेरफेर गरिएको थियो। तेस्रो खण्डको पुनर्लेखन समेत गरिएको थियो। अमेरिका र बेलायत दुवै देशमा यो फिल्म आउँदो जुन २१ म्ा रिलिज हुँदैछ। यस फिल्मका निर्देशक मार्क फोर्स्टरले अघि ‘मोन्स्टर्स बल’, ‘फाइन्डिङ नेभरल्यान्ड’, ‘द काइट रनर’, ‘क्वान्टेम अफ सोलास’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.