हिरोइनका रुपमा फेजआउट भए निर्देशनमा लाग्छु राजनीतिमा लाग्दिनँ-ऋचा शर्मा


richa-sharma-cbn
भिषा गर्लबाट आधुनिक युवतीको अभिनय गरेर चर्चामा आएकी नायिका ऋचा शर्माले त्यसपछिको फिल्म उमामा ठिक विपरीत किसिमको भूमिका निभाइन्। माओवादी विद्रोहको विषयमा बनेको उमा नामक फिल्ममा उनले शीर्ष भूमिका निभाएर हाल चर्चामा छिन्। उनै नायिका शर्मासँगको जम्काभेट:
भिषा गर्लबाट छापामार बन्दाको अनुभव कस्तो रह्यो?
भिषा गर्ल र उमामा मैले ठिक विपरीत भूमिका निभाएको छु। भिषा गर्लमा एउटा सोफिस्टिकेटेट केटीको भूमिका निभाएको छु। जबकि उमामा कम्प्टिली फरक भूमिका छ। आमा र दाजुसँग हुर्किएकी गाउँकी युवतीको कथा छ। द्वन्द्वको बेला हुर्किकएकी युवतीको भूमिका उमामा छ। त्यसकारण एकदमै फरक अनुभव रह्यो। भिषा गर्ल र उमा मेरो करिअरमा एउटा सिक्का दुई पाटा हुन्।
छापामारको भूमिका निभाउन कत्तिको गाह्रो भयो?
खासै गाह्रो भएन। फिल्म खेल्नुअघि माओवादी छापामारको एक जना कमाण्डर दिदीलाई भेटेको थिए। उहाँबाट धेरै कुरा बुझ्ने मौका पाएँ। म सुदुरपश्मिमा जन्मिएको मान्छे। द्वन्द्वको समयका पीडाहरू मैले पनि भोगेको, देखेको छु। त्यसरकाण खासै गाह्रो भएन। अर्कोतर्फ उमा र मेरो जीवनका कतिपय कुराहरू मिल्छन्। उमाको पनि बुबा हुनुहुन्न। मेरा पनि बुबा हुनुहुन्न।
निकै चर्चा भएपछि खासै चल्न त सकेन नि फिल्म?
हो कमर्सियल्ली फिल्मले धेरै कमाउन सकेन। तर पनि क्रिटिकल्ली फिल्मले धेरै चर्चा र प्रशंसा कमाएको छ। व्यवसायिक रुपमा फिल्म चल्नलाई त नेपालमा नेपाली फिल्म हेर्ने कल्चर नै विकास हुन सकेको छैन। नेपाली फिल्म हेर्न धेरै जान लाज मान्ने गरेको पाएको छु । तर बिस्तारै राम्रो होला भन्ने लागेको छ।
राम्रो भएर पनि दर्शकले नहेर्नुभएको हो त?
फिल्म एकदमै राम्रो बनेको छ। धेरैले प्रशंसा गर्नुभयो। कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकहरू पनि फिल्म हेर्न आउनुभयो। धेरै दर्शकले फिल्मले मन छोएको कुरा बताउनुभएको छ। फिल्म हेर्ने देशर्कले केही लिएर जाउन् भन्ने उद्देश्यअनुसार आफूले बनाएका हौं। त्यसमा फिल्म सफल छ भन्ने लाग्छ।
छापामारको भूमिका निभाउँदा कम्युनिष्ट त बन्नुभएन?
त्यस्तो हुन्न। हामीले विभिन्न किसिमको भूमिका निभाउनुपर्ने हुन्छ। छापामार बन्दैमा कम्युनिष्ट हुने होइन। अब अर्का फिल्ममा नानीमाया दाहालको भूमिका निभाएको छु। फिल्म खेल्दैमा म कम्युनिष्ट बनेको छैन।
राजनीतिमा चाहिँ कत्तिको चासो छ?
म एकदम चासो राख्छु। सधैं अपडेट भइरहन्छु।
राजनीतिमै लाग्ने चाहना त छैन?
छैन। लाग्नु पनि हुँदैन भन्ने लाग्छ। कलाकार भनेको साझा हुनुपर्छ।
तर, नायिका रेखा थापा माओवादीमा लाग्नुभयो, अन्य कलाकार पनि पार्टीमा लागेका छन् नि?
म कसैको नाम काट्न चाहन्न। कोही करिअरबाट फेजआउट भएर राजनीतिमा लागेका होलान्। कोही सुरक्षा खोजेर लागेका होलान्। म कलाकार पार्टीमा लाग्नु हुँदैन भन्ने मेरो धारणा छ। म त बरु हिरोइनका रुपमा फेजआउट भए पनि निर्देशनमा लाग्छु राजनीतिमा लाग्दिनँ।
जीवनका व्यक्तिगत योजना के छन्?
१५/२० वटा फिल्म खेलेपछि निर्देशनमा लाग्छु होला। त्यसका लागि विदेशमा गएर पढ्छु पनि नेपालमा अभिनयसम्बन्धी स्कुल खोल्ने पनि योजना छ।
फिल्म बढ्दै जाँदा पारिश्रमिक पनि बढेको होला नि?
अवश्य पनि म धेरै फिल्म खेल्दिनँ। थोरै फिल्म खेल्छु र परिश्रमअनुसारको पैसा लिन्छु। पारिश्रमिकमा म सन्तुष्ट छु।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.