आईबिएमले परमाणु अभिनित चलचित्र बनायो (भिडियो सहित)


parmanu

अमेरिकी कम्प्युटर निर्माता कम्पनि आईबिएममा कार्यरत बैज्ञानिकहरुले तामाको सतहमा परमाणुलाई कुशलतापुर्वक नियन्त्रित गरेर संसारकै सबभन्दा छोटो चलचित्र तयार पारेका छन । ए ब्याय एन्ड हिज एटम नाम दिईएको यस चलचित्रमा आईबिएमले आबिस्कार गरेको स्क्यानिङ टनलिंग माईक्रोसफ्ट (एसटिएम) को प्रयोग गरिएको छ । एसटिएमको आबिस्कार पश्चात सन् १९८६ मा बैज्ञानिकहरुले भौतिक पुरस्कार पाएका थिए । यसमा स्टप मोशन एनिमेशनले कार्बन निर्मित केहि परमाणु प्रयोग गरिएको छ । त्यसलाई बैज्ञानिकहरुले एक पातलो सिराको साथ घुमाउन सफल भएका छन ।

चलचित्रमा मानिसको कपालको एउटा रौको फैलावट बराबर १ हजार भन्दा बढि फ्रेमको प्रयोग गरिएको छ । बैज्ञानिकहरुद्धारा गरिएको परमाणुको यस कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले असाधारण काम प्रमाणीत गरेको छ । आईबिएमको पछिल्लो सफलताले एकल परमाणुमा आधारित अघिल्लो पुस्ताका लागी डाटा स्टोरेज समस्या समाधानमा गर्न सक्ने बताईएको छ ।

९० सेकेन्ड लामो सो चलचित्र २ सय ४२ ओटा परमाणुकै संयोजन हो । यसमा एक केटो भकुण्डो खेल्दै गरेको देखिन्छ । जुन एक परमाणुबाट निर्मित टे«म्पोलाईनमा नाचिरहेको देखिन्छ । यसलाई युट्युबमा अपलोड गरेर बुझाउन खोजिएको छ । यसलाई निर्माण गर्न ४ जना बैज्ञानिकले जम्मा २ हप्ताको समय लगाएका थिए ।
तर बैज्ञानिकहरुले यो कोशिस खोजका लागी भने नभएको बताएका छन । यो चलचित्र बच्चा तथा अन्य मानिसहरुमा गणित, बिज्ञान र प्र्रबिधिको क्षेत्रको बारेमा कोतुहलता जगाउने खालको हुने बैज्ञानिकहरुको भनाई छ ।