बेडरुमजस्तो रोमान्टिक ठाउँ अरु के हुन्छ -शुभेच्छा थापा



प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?

प्रेम भनेको मानिसका लागि पहिलो र अन्तिम कुरा बाँच्ने आधार हो । यो आधार सबैका लागि जरुरी छ । घरपरिवार सबैबीच प्रेम हुनुपर्छ । योबिना कोही पनि मानिस बाँच्न सक्दैन । त्यसले गर्दा मानव जीवनका लागि यो बाँच्ने बलियो आधार हो ।

जीवनमा प्रेम किन जरुरी छ ?
आपसी प्रेम र मायाबिना जीवन अगाडि बढ्नै सक्दैन, त्यसैले यो एकदम जरुरी छ । बिनाप्रेम मनुष्य जीवनको शुरूआत नै हुँदैन । मनुष्य जीवन शुरू हुन्छ नै प्रेम र मायाबाट । एकअर्काको प्रेमबिना बाँच्न सकिन्न, त्यसैले जीवनलाई सही रूपमा अगाडि बढाउन प्रेम अपरिहार्य छ ।

कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
प्रेम र माया भन्ने कुरा जुनसुकै उमेरमा हुन सक्छ । तर यदि एउटा केटा र केटीबीचको माया प्रेम हो भने यो परिपक्व उमेरमा गरिएकै ठीक हुन्छ । टिनएजमा गरेको अजकल्टो हुन्छ । त्यस्तो प्रेम आफैंमा परिपक्व नहुन सक्छ । यो उमेरमा जीवनका बारेमा निर्णय गर्न सक्ने विकास पनि भएको हुँदैन ।

तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा प्रेम धेरै पटक भयो । फिल्मी जीवनमा, फिल्ममा धेरै पटक प्रेम भए पनि वास्तविक जीवनमा भने एकै जनासँग प्रेम भयो । प्रेम पनि एकै पटक भयो, बिहे पनि एकै पटक भयो । जोसँग प्रेम भयो, बिहे पनि उसैसँग भयो ।

रोमान्स भनेको के हो ?
रोमान्स भनेको मान्छेमा भित्रैदेखि उत्पन्न हुने खुसी हो, अन्तर आत्मादेखिको मीठो भाव उत्पन्न हो । यो भाव उत्पन्न भएपछि नै रोमान्स हुन्छ । मानिस बाहिरी दुनियाँमा पनि रमाउन थाल्छ ।

रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ ?
यदि कपलबीचको रोमान्सको कुरा हो भने एकअर्कासँग प्रेम माया गर्नुहुन्छ भने संस्कारभित्र बसेर रोमान्स गर्नु राम्रो हुन्छ । यसका लागि सेप्रेट ठाउँ भएको राम्रो ।

सेक्सको परिभाषा कसरी गर्नुहुन्छ ?

मान्छेको लाइफ सेक्सबाटै शुरूआत हुन्छ । सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन थियो । भगवान्ले केटा र केटी बनाइदिएको नै जीवनको शुरूआत होस् भनेर हो ।

बिहेअगाडिको सेक्सलाई के भन्नुहुन्छ ?
म बिहेअगाडिको सेक्सलाई मान्दिनँ । हाम्रो सामाजिक संस्कारले पनि बिहेअगाडिको सेक्सलाई अनुमति दिँदैन । हामी जतिसुकै एड्भान्स भए पनि, जति खुला भए पनि हाम्रो संस्कार र संस्कृतिभन्दा बाहिर जान सकिँदैन । यसैले नै मानिसको जीवनलाई सुन्दर बनाएको छ र सेक्सको महत्वलाई
बढाएको पनि छ ।

तपाईंको सेक्स अनुभव ?

मेरो सेक्स अनुभव नै मेरो विवाह हो । मेरो लभ म्यारिज हो । १६ वर्षको थिएँ, सेक्स बिहेपछि भयो । यसबाट सुखी र खुसी छु ।

कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ?
कुन उमेरको भन्दा पनि सेक्स रिलेसन राख्न माया हुनु पर्‍यो । मेरो पनि सानै उमेरमा बिहे भयो । डिसाइड गर्न सक्ने उमेर त थिएन । तर जीवनलाई सन्तुलित राख्न समर्थ भएँ । व्यावहारिकदेखि सबै कुरामा सोच्न सक्ने भएपछि सेक्स रिलेसन राख्नु ठीक हुन्छ । सेक्सका लागि पनि परिपक्व उमेर भएको राम्रो हुन्छ ।

सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?
यदि हसबेन्ड वाइफ हो भने संस्कारभित्रको स्थान ठीक हुन्छ । बेडरुमजस्तो रोमान्टिक ठाउँ अरु के हुन्छ र ?

फिल्ममा सेक्स जरुरी छ ?
फिल्ममा सेक्स जरुरी त छ  तर त्यसलाई कसरी फिट गर्ने र प्रिजेन्ट गर्ने भन्ने कुरा हुन्छ । फिल्म मान्छेको जीवनलाई लिएरै बन्ने भएकाले जरुरी चाहिँ छ ।

परिवार नियोजन कत्तिको आवश्यक छ ?
आवश्यक छ । अहिलेको स्थितिमा एकदमै जरुरी छजस्तो लाग्छ । न्यु कपललाई त झनै आफ्नो लाइफ सेक्योर बनाउन परिवार नियोजन जरुरी छ ।