बिराट भट्ट मेरो प्रेमी होइन दाई हो -जेनिशा के सी



कतिपय पुराना नायिकाहरू बेरोजगार छन्, तर तपाईंलाई भने भ्याइ नभ्याइजस्तो छ नि?
सायद काम गरेर नै निर्देशकहरूले मलाई अवसर दिनुभएको होला। पछिल्लो समयमा धमाधम फिल्ममा काम गरिरहेको छु। कतिपय फिल्म त रिजेक्ट पनि गरेको छु।
अब चलचित्र क्षेत्रमा स्थापित भएजस्तो लागेको छ?
अझै स्थापित भएजस्तो लागेको छैन। अझै धेरै गर्नुपर्छ भन्ने लाग्छ। दर्शकहरूले मन पराइरहनुभएको छ। तर मैले अझै दुःख गर्नुपर्छ।
टिचर भन्ने फिल्मचाहिँ कस्तो हो?
यो अलि अफट्रयाक मुभी हो। यसले शिक्षकको कथा बोकेको छ। यसले शिक्षक र विद्यार्थीलाई फिल्म हलमा आकर्षित गर्नेछ।
यसमा तपाईंको भूमिका?
मैले शिक्षकको श्रीमतीको रुपमा भूमिका निभाउनेछु।
कतिवटा फिल्म खेल्नुभयो?
यो क्षेत्रमा लागेको ६ वर्ष भयो। अहिलेसम्म २१ वटा फिल्ममा काम गरेँ।
फटाफट काम पाउँदा निकै उत्साहित हुनुभएको होला, होइन?
अवश्य उत्साहित भएको छु। फिल्म मलाई एकदमै मन पर्ने क्षेत्र पनि हो। यस क्षेत्रलाई म मन्दिर मानेर पूजा गर्छु।
कामसँगै रेट पनि बढेको छ?
त्यस्तो छैन। डिमाण्ड गर्ने बेला अझै भएको छैन। फिल्मको स्त्रि्कप्ट राम्रो लाग्यो भने सस्तोमा पनि काम गर्छु।
भावी सपना?
मेरो सपना भनेको निर्देशक बन्ने हो। निर्देशनमा मलाई एकदमै रुचि छ। कतिपय फिल्ममा काम गर्दा पनि निर्देशकीय पक्ष मन पर्दैन। त्यसकारण केही वर्षपछि निर्देशनतिर लाग्छु होला।
पढेका मान्छे कम भएकाले फिल्मको स्तर माथि उठ्न सकेन भनिन्छ नि?
सबैजसो शिक्षित हुनुपर्छ। पढेपछि योग्यता हुन्छ। तर, फिल्म क्षेत्रमा चाहिँ डिग्रीभन्दा योग्यता महत्वपूर्ण हुन्छ भन्ने लाग्छ।
फिल्म क्षेत्रमा मन नपर्ने कुरा?
राम्रोसँग तयारी नभइकन फिल्म बन्छ। राम्रोसँग अभिनय गर्न नसक्ने मान्छेहरू पनि प्रवेश गर्छन्। त्योचाहिँ मन पर्दैन।
फिल्मी कलाकारप्रति समाजको धारणा पनि सकारात्क छैन, है?
फिल्म क्षेत्रमा ए, बी र सी गरी तीन वटावर्ग छन्। ए वर्गका कलाकारहरूको अवश्य इज्जत छ। आफू इजजतको ठाउँमा बस्यो भने अरुले औंला उठाउन सक्दैनन्।
बिराट भट्टसँग तपाईँको नाम प्रेमिकाको रुपमा जोडिएको थियो। खास कुरा के हो?
यो कुप्रचार हो। उहाँ मेरो दाइ हो। हामी आफन्त भएकाले सुटिङमा नजिक हुन्छौं। उहाँले मलाई सुरुसुरुमा सहयोग गर्नुभएको हो। पछि त्यस्तो आरोप लगाउँदा म पनि अचम्ममा परेँ।
अहिले अर्का प्रेमी छ भन्ने हल्ला पनि छ नि?
यो मेरो व्यक्तिगत कुरा भयो। यसलाई गोप्य नै राख्न चाहन्छु।
बिहेबारे योजना?
बिहे योजना बनाएर हुने कुरा होइन। यो जुर्नुपर्ने रहेछ। तत्काल केही योजना छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.