चलचित्र उद्योगको लागि चीन विश्वकै दोस्रो ठूलो बजार



चलचित्र उद्योगको लागि चीन विश्वकै दोस्रो ठूलो बजार भएको छ । यस अघि जापान दोस्रो ठूलो बजार रहेको थियो । द मोसन पिक्चर्स एसोसियसन अफ अमेरिकाले गरेको अध्ययनले चीन विश्वमै चलचित्र क्षेत्रका लागि दोस्रो ठूलो बजार भएको खुलासा भएको हो ।चीनले सन् २०१२ मा २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको कारोबार गरेको मोसन पिक्चर्स एसोसियसनले जनाएको छ । हलिउड चलचित्र निर्माताहरुले चीन आफ्ना लागि राम्रो बजार भएपनि नक्कली सिनेमाको कपीको व्यापारले समस्या परेको जनाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.