प्रधानमन्त्री म्यूजिक भिडियोमा अभिनय गर्दै



बेलायती प्रधानमन्त्री डेविट क्यामरुन चाँडै एक म्यूजिक भिडियोमा देखापर्दै छन् । गरिबी उन्मुलनको लागि रकम जम्मा गर्ने उद्देश्यले बनाइएको भिडियोमा प्रधानमन्त्री क्यामरुन अतिथि भूमिका देखिन लागेका हुन् । भिडियोलाई ‘वान डाईरेक्सन’ नामक ब्याण्डले तयार गर्न लागेको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री देखिन लागेको भिडियो गीत भने ‘कमिक रिलिफ’ नामक संगठनप्रति समर्पित छ । जुन संगठनले सन् १९८५ देखि गरिबी उन्मुलनका लागि काम गर्दै आईरहेको छ भने अहिलेसम्म उक्त संगठनले गरिबी उन्मुलनका लागि ८० करोड पाउन्ड रकम जम्मा गरिसकेको जनाइएको छ ।बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार गतवर्ष ‘डाउनिङ स्ट्रीट’मा गरिएको उक्त भिडियोको सुटिङमा क्यामरुन केही समयका लागि क्यामेरामा देखिनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.