गायिका केटी प्राइस पछिल्लो समय निकै डराएकी छिन्। श्रीमानका कारणले उनमा डर पैदा भएको हो। जबदेखि उनले श्रीमान् कीरान हेयलरले बाहिर बाधा दिएको समाचार थाहा पाइन् त्यस बेलादेखि उनी निकै सजक रहन थालेकी छन्। केही समयअघि मात्र कीरान तथा केटीका दुई जना साथीहरूको सम्बन्धका बारेमा खुलासा भएको थियो। तर केटीले कीरानलाई माफी दिँदै यस कुरालाइ अगाडि बढ्नबाट रोकिन् ।
गतवर्ष कीरानका साथमा वैवाहिक बन्धनमा बाँधिएकी केटीले हरेक दिन श्रीमानले धोका देलान कि भन्ने डर मनमा रहने गरेको वेबसाइट ‘फिमेलफस्र्ट डटको डट युके’ले जनाएको छ । उनले एक कार्यक्रम ‘द मनिर्ग’मा भनिन, ‘म यस घटनालाई कहिल्यै भूल्न सक्दिन। हरेक दिन मलाइ यस कुराले निकै सताउने गरेको छ तर म जीवनमा आशावादी हुने कोशिश गर्दछु।’