जेल जानुपर्ने डरले चर्चित अभिनेत्री बेपत्ता


सेलिब्रेटी नेपाल

एजेन्सी: चीनकी चर्चित अभिनेत्री फ्यान बिंगबिंग लामो समयसम्म बेपत्ता भइन् । कर छलीको आरोप लागेपछि अनुसन्धानबाट आफू जेल जानुपर्ने डरले उनी बेपत्ता भएकी हुन् । तर, आज नाटकीय रुपमा उनी सामाजिक संजालमा देखिइन् जहाँ उनले एक पोस्टमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंशा गरिन् र कर छली गरेकोमा माफी पनि मागिन् ।

‘हालै मैले अभूतपूर्व दर्द र पीडाको अनुभव गरेकी छु र मैले गहन चिन्तन र विचार गरेकी छु’ उनले चिनियाँ सामाजिक संजाल विबोमा लेखेकी छिन् ‘मैले जे गरे त्यसमा मलाई लज्जाबोध भएको छ । म दोषी हुँ र म तपाइँ सबैसँग माफी माग्छु ।’ पछिल्लो पटक जुलाइमा सार्वजनिक रुपमा देखिएपछि यो फ्यानको पहिलो सार्वजनिक भनाइ हो ।

चिनियाँ अधिकारीले त्यतिबेला उनले १३० मिलियन डलर कर तिर्नुपर्ने बताएपछि उनी बेपत्तँ भएकी थिइन् । यो रकम उनले पर्षौंसम्म आफ्नो आम्दानी लुकाएर छलेको कर र कर छलीवापतको जरिवाना हो । चर्चित हलिउड फिल्म एक्स मेन डेज अफ फ्युचर पास्ट, आइरन म्यान ३ लगायतमा काम गरेकी अभिनेत्रीले बुधबार चिनिया अधिकारीले गरेको निर्णय आफूले स्वीकार्ने बताएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.