सम्राटले गरे राष्ट्रिय भाबको गीतमा अभिनय


सेलिब्रेटी नेपाल काठमाडौँ

अमेरिकामा नेपाली राष्ट्रिय भावनाको गीतको छायाँकन गरिएको छ । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको यस गीतलाई युट्युबमा सार्वजनिक गरिएको छ । सार्वनिक गीतमा सम्राट दाहाल देखिएका छन् भने भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् । नेपाली चलचित्र र चलचित्रका संघ संस्थामा लामो समय सक्रीय पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहालले यो भिडियोलाइ साल्टलेक सिटी , युटा अमेरिकामा तयार परेका हुन् । अमेरिका आएदेखी नेपाल जाउ , हाम्रो देश नेपाल हो , हाम्रो घर नेपालमा छ । यहाँ नबसु , भेली नै जाउँ । सम्राटले यसरी भनिरहेपछि राष्ट्रिय गीतमा भिडियो बनाउन मन लागेको कुरा सुमन दाहाल बताउँछन

गीतमा शब्द शान्तिप्रियको रहेको छ भने संगीत सन्तोष श्रेष्ठको ,बेगेन्द्र बुढाको स्वर रहेको यस गीतमा सम्राटसंगै बिर्याना थपलिया, बिएनका थपलिया ,संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ । सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।