बाबु आमाले वास्ता नगर्दा यसरि फसे कुलतमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
आजकल धेरै युवाहरु दुर्व्यसनीमा फस्न थालेका छन् दुर्व्यसनीमा फस्ने बिबिध कारणहरु हुन्छन । कतिपय फ्रस्टेसनका शिकार बन्छन भने कतिपय घरबाट समय र माया नपाऊदा पनि लागु पदार्थको शाहारा लिने गर्दछन । यसै बिषयमा आधारित रहेर एउटा टेली सिरिएल सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको अफिसियल च्यानल मार्फत सार्बजनिक दुर्व्यसनी नामक सिरिएलले समाजमा रहेका कुरीति र नराम्रो कुरालाई उजागर गर्ने कार्य गर्ने छ थोरै भए पनि समाजको लागि केहि गर्न सकियोस भन्ने उदेश्यले निर्माता तथा निर्देशक द्वय शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) ले यो सिरियल लाइ निर्माण तथा निर्देशन गरेका हुन्। मुख्य कलाकारको रुपमा यिनै दुइ जनाको अभिनय पनि रहेको छ लेख कार्कीले लेखेको कथा लाई इभान कुँवर कार्कीले छायांकन र सम्पादन गरेका हुन् शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) को साथमा दिनेश खनाल,कलियन कार्की ,कृष्ण आचार्य, मणि बर्तौला,आयुष खनाल,पार्वती अधिकारी,श्रीराम खड्काको अभिनय रहेको छ ।