युवाहरुको कथा ‘माई बेस्ट फ्रेन्ड’ १९ औँ भाग सार्बजनिक (भिडियो)



प्रविधिको विकास संगै मनोरन्जनको क्षेत्रमा पनि निकै परिवर्तन आएको छ । केहि बर्ष अघि नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा कुरेर नेपाली टेली सिरियल हेर्नु पर्थ्यो अहिले प्रविधिले गर्दा यु ट्युब मार्फत आफ्नो समयमा खोलेर थुप्रै नेपाली सिरियल,सिरिजहरु हेर्न पाइन्छ। यहि क्रममा साकेवा मुभिजले पनि नियमित रुपमा यु ट्युब मार्फत वेब सिरिज सार्बजनिक गर्दै आइ रहेको छ ।

ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज ‘माई बेस्ट फ्रेन्ड’ को १९ औँ भाग सार्बजनिक गरिएको छ । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ । मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । १९ औँ भाग सम्म आइ पुग्दा सिरिजले यु ट्युब आफ्नै किसिमका दर्शक बनाई सकेको छ।

साकेवा मुभिजको अफिसियल युटुब च्यानलामा निरन्तर अपलोड भैरहेको यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा निर्देशन किरण राईको रहेको छ,संगीत अनिस श्रेष्ठ छ भने भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ ,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट,निर्मल खड्का, लगायत कलाकारहरुले अभिनय गरेका छन् ।