उमेश र कविताको रियल कथा ‘बोबी’ ट्रेलर रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ

रियल जोडीको रियल कथामा निर्मित ‘बोबी’को ट्रेलर रिलिज गरिएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित चलचित्रले नर्वेका एन आरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । चलचित्र असार २९ बाट प्रदर्शनमा आउंदै छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन रहको छ ।