गायिका साहिमाले जन्म दिनमा सार्बजनिक गरिन नयाँ भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका साहिमा श्रेष्ठले आफ्नो जन्म दिन पारेर नयाँ गीत भिडियो सार्बजनिक गरेकी छिन । गायिका साहिमाको आफ्नै अफ़िसिएल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरेकी हुन् । कुनै दिन बोलको गीतमा किरण के.सी.’क्रोधी’को शब्द तथा दिपक शर्माको संगीत रहेको छ । चलचित्र मंगलमबाट चर्चा आएको जोडी शिल्पा पोखरेल र पुष्प खड्कालाइ फिचर गरिएको भिडियोलाइ संगीतकार दिपक शर्माले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।