संचारकर्मी शिशिर र अमृता मोहनी लगाऊदै (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं – सञ्चारकर्मी तथा कलाकार सन्तोष खनालको निर्देशनमा ‘मोहनी लाएको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र सञ्चारकर्मी सँगै थिएटर आर्टिष्ट समेत रहेकी अमृता खनालले अभिनय गरेका छन् ।

बुद्ध थापाको टिमले यस भिडियोको छायाकंन गरेको हो भने संजीप श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् । दुर्गालाल श्रेष्ठका शब्दहरुमा न्ह्यू बज्राचार्यको संगीत रहेको छ भने कमला श्रेष्ठले गीतमा स्वर दिएकी छिन् ।

कमला श्रेष्ठ त्यस्तो गायिकामा पर्छिन् जसले शारीरिक रुपमा अशक्त भएर पनि असम्भव भन्ने केही छैन भन्ने प्रमाणित गरिदिएकी छिन् । कमला नेपाली समाजको लागि एउटा उदाहरण बनेकी छिन् ।

१२ वर्षको उमेरमा भाइसँग घरको छतमा चङ्गा उडाउँदै गर्दा त्यो चङ्गा गएर बिजुलीको पोलमा अड्कियो । त्यो चङगा झिक्न उनले फलामे छडको प्रयोग गरिन् । तर त्यो छडले चङगा झिकेन उनको जिन्दगीको खुशी र शारीरिक सक्षमता झिकिदियो । त्यस क्रममा करेन्ट लागेर उनले दुवै हात र एउटा खुट्टा गुमाइन् । यो दुर्घटना भएको २० वर्ष पुगिसकेको छ । हाल उनी कृत्रिम हात र खुट्टाको सहारामा अघि बढेकी छिन् ।

दुवै हात र एउटा खुट्टा नभए पनि कमलालाई परिवारको साथ मिल्यो जुन साथले उनले आफ्नो करिअरलाई अगाडि बढाइन् । गायनमा सक्रिय कमलाले एकताका हिमालय टेलिभिजनमा समाचार समेत वाचन गर्थिन् । हाल उनी गायिकासँगै समाजसेवीको रुपमा अघि बढेकी छिन् ।