शिल्पा शाहीललाइ किन भन्दैछिन ‘न रुनु है’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

विज्ञान राइको निर्देशनमा बनेको गायिका अन्जु पन्तको ‘न रुनु है’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । चलचित्र सम्पादनमा व्यस्त शाहिल खानले मोडलिङ यात्रा सुरु गरेका छन् । पछिल्लो पटक चलचित्र ‘च्याम्पियन’ बाटअभिनय अनुभव बटुलेका शाहिलले पछिल्लो पटक म्युजिक भिडियोमा डेब्यू गर्दै अभिनेत्री शिल्पा पोखरेलसँग स्कृन सेयर गरेका छन् ।

२ दर्जनबढि चलचित्र सम्पादन गरेका तथा २ सय बढि चलचित्रको ट्रेलर काटेका शाहिल पछिल्लो पटक ‘लभ डायरिज’ नामको चलचित्र बाट ठुलोपर्दाको निर्देशनमा समेत अनुभव सँगाल्दैछन् । उक्त चलचित्रमा शाहिल एशोसियट निर्देशकको रुपमा काम गरेका छन् । ‘न रुनु है’बोलको गीतमा अञ्जु पन्तको स्वर छ भने क्षितिज श्रेष्ठ र सन्तोष कटुवालको शब्दमा संगीत आलिफ खानले भरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियो लाइ बिज्ञान राइले सम्पादन गरेका छन् ।