‘शत्रु गते’ टिमको सांगीतिक कार्यक्रम यसरि नाचे पल र आंचल (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘जात्रा’ निर्देशन गरेर सफल बनेका निर्देशक प्रदीप भट्टराई दोस्रो चलचित्र ‘शत्रु गते’ मार्फत चैत्र ९ मा दर्शक माझ आउदैछन् । ‘शत्रु गते’लाई यस वर्षकै आशाको रुपमा लिन सकिन्छ । चलचित्रको स्टारकास्ट, गीत/संगीत र ब्राण्डले चर्चा मै रहेको चलचित्र, चर्चालाई कायममै राख्न प्रचारमा पनि उत्तिकै खटिएको छ । यसैक्रममा सिनेमाले आधादेश दौडाह पनि सुरु गरिसकेको छ ।

‘रुस्लान मह शत्रु गते यात्रा’ नाम दिएर फागुन २३ देखि सुरु भएको मोफसल टुर अब अन्तिम चरणमा पुगेको छ । ‘हेटौडाको बुद्द चोक, चितवनको नारायणी किनार, बुटवलको ट्राफिक चोक र पोखरामा विशाल जनसमुदाय माझ ‘शत्रु गते’ टिमले सांगीतिक कार्यक्रम सकाएर पुर्वका ठुला स्टेसनतर्फ हानिएको छ । चलचित्रका निर्माता किरण केसीले अहिलेसम्मको टुर एकदमै सफलता पुर्वक सम्पन्न भएको जानकारी दिए ।

यस यात्रामा हरिबंश आचार्य, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्लेसहितको टिम रहेको छ ।चलचित्रमा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।