कान्छा निर्देशकको हैरान जेठ ४ मा


सेलिब्रेटी नेपाल काठमाडौँ
विश्वकै कान्छा निर्देशक बनेका सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘हैरान’ आउँदो वर्ष २०७५ को जेठ ४ मा रिलिज हुने भएको छ । कमेडी जनरामा तयार पारिएको चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल लगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेको छ ।

चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।