‘रेनी’ मा सनम र दिपकको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी सुक्रबार अर्थात् भदौ ८ गते बाट प्रदर्शनमा आउने चलचित्र त्रिकोणात्मक प्रेमकथामा बनेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई पनि तिब्र बनाएको छ ।

बिमला मल्ल र संजिव मल्लको निर्माण रहेको चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित,दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव–नायिका सनम मल्लको मुख्य भुमिका रहेको छ । गिरिश रिजाल (समीप)को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन् ।

चलचित्र आफ्ना लागि बिषेश रहेको अभिनेता दीपक ढकालले बताए । ढकाल अभिनित केही चलचित्र यस अगाडि प्रदर्शनमा आइसकेको छ । तर उनी दर्शकको नोटीसमा पर्न भने सकेका छैनन् । ‘रेनी’बाट आफु दर्शकको नोटिसमा पर्ने ढकालले सुनाए । चलचित्रमा एक्शन, लभ, कमेडीका साथै सामाजिक सन्देश रहेको छ ।

जयराम थापाको छायाँकन, बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत रहेको चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ ।