सलिन र साम्राज्ञीको जोडी कसरि जुरेको थियो ?(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली दर्शक माझ छोटो समयमै लोकप्रिय भएकी अभिनेत्री हुन् । दोस्रो सिनेमा रिलिजको सँघारमा हुँदा साम्राज्ञीको चर्चा सिने वृतमा खुबै छ । डेब्यु सिनेमामा अनमोल केसीसँग स्क्रिन शेयर गरेकी यी अभिनेत्रीले दोस्रो सिनेमा ‘ए मेरो हजुर २’मा सलिनमान बानियाँसँग जोडी बाँधेकी छन् । ट्रेलर र गीतबाट दर्शक माझ देखिसकेको यो जोडीले एक किसिमको छाप छोडीसकेको छ ।

चलचित्र रिलिज नहुँदै दर्शकको रोजाई परेका यी ह्याण्डसम ठिटोलाई ‘ए मेरो हजर २’मा साम्राज्ञीसँग जोडी जमाउँने अवसर कसरि मिल्यो त ?

लोकप्रिय अभिनेत्री झरना थापा निर्देशनमा डेब्यु गर्ने योजनामा थिइन् । त्यो पनि ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर’को सिक्वेलबाट । यसको लागि झरनाले साम्राज्ञीलाई अनुबन्धित गरिसकेकी थिइन् । बोल्ड एण्ड ब्युटी साम्राज्ञीको अपोजिट एक आकर्षक अनुहारको खोजि थियो । साम्राज्ञीलाई झरनाले थुप्रै युवाहरुको तस्विर देखाईसकेकी थिइन् । चलचित्रको कथा अनुसार आकर्षक अनुहार फेला नपर्दा ‘ए मेरो हजुर २’ छायाँकनको लागि धेरै ढिला भइ रहेको थियो ।

अन्तत: सलिनको तस्विर झरनाको हातमा पर्यो । झरनाले सम्वन्धित व्यक्तिसँग सलिनको बारेमा जानकारी लिईसकेकी थिइन् । सिनेमाको टिमसँग साथिको जस्तो व्यवहार गर्ने झरनाले साम्राज्ञीलाई पनि तस्विर देखाईन । तस्विर हेर्न वितिक्कै साम्राज्ञीले ‘एस’ भनिदिईन । किनकी साम्राज्ञीले यसअघि एक फेसन विकमा सलिनको ट्यालेन्ट देखिसकेकी थिइन् ।

नतिजामा झरनाको छनोटलाई दर्शकले मन पराएका छन् । सुनिलकुमार थापाको लगानीमा निर्मित ‘ए मेरो हजुर २’ वर्षकै प्रतिक्षित चलचित्र हो । चलचित्रमा सलिन र साम्राज्ञीका अलावा सलोन बस्नेत, अनुभव रेग्मी, विल्सनविक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, बुद्दी तामाङ, अनुवर कुँवर लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । चलचित्रमा बसन्त सापकोटा/कल्याण सिंहको संगीत, संजय लामाको सिनेम्याटोग्राफी, रोशन श्रेष्ठको द्वन्द रहेको छ । चलचित्र यहि भदौ १६ गते अलनेपाल सार्बजनिक प्रदर्शनमा आउने छ ।