रोड कन्सर्टले सहर तताउदै ‘लाल्टिन’


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र बनाउनु भन्दा प्रदर्शन गर्नु झन् ठुलो काम मानिन्छ नेपाली चलचित्र उद्योगमा चलचित्र चलाउनु र चलाई सके पछि सफल हुनु झन् महत्व पूर्ण कुरा हो । प्रचार प्रसारका विभिन्न नयाँ शैली हरु अपनाउदै चलचित्र छुट्टै हाइप बनाउन सफल चलचित्र ‘लाल्टिन’ले काठमाडौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा रोड कन्सर्टको आयोजना गरेको छ । उक्त रोड कन्सर्टमा गायक बिनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथै सम्पूर्ण निर्माण टिम सहभागी रहेको थियो । कार्यक्रमलाई बिश्व कृतिमानी पारकर दिनेश र अस्मिता जुरेलीको नृत्यले थप उत्साहजनक बनाएको थियो । जेठ २६ मा प्रर्दशनका लागि तम्तयार रहेको चलचित्रले सफलता पाउनेमा निर्माण टिम बिस्वस्त देखिएको छ ।

उपत्यकाको ८ वटा ठाउँमा गरिएको उक्त कार्यक्रमबाट दर्शकको राम्रो प्रतिक्रिया पाएको र सोहि उत्साह हल सम्म आउनेमा निर्माता एबंम् कलाकार भानु प्रताप ढुक्क देखिन्थे । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग शाही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।