रेखा र सबिनको ‘हिरो रिटर्न्स’ बैशाख २८ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता सबिन श्रेष्ठले निर्मण गरेको चलचित्र ‘हिरो रिटर्न्स’को नयाँ बर्ष २०७५ को बैशाख २८ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।
चलचित्रमा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत मुख्य भूमिकामा रहेका छन् । चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो चलचित्र रिलिज हुँदा आफ्नै डेब्यू चलचित्रको ब्राण्डलाई जिवित राख्ने कोशिशमा हुनेछिन् ।

अभिनेता तथा निर्माता सविनले यसअघि नै चलचित्रको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र’रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार चलचित्रमा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको छ ।
चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।

चन्द्र गौतम यो चलचित्रमा कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको चलचित्र ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा रहेका छन् ।