रेखाको चलचित्र ‘मालिका’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रेखा थापाको चलचित्र ‘मालिका’ ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । यहाँ डर निर्धा र निर्धन को होइन, डर त शिक्षित र सम्पन्नता को खोल ओडेका हरुको छ’ भन्ने सम्बाद बाट शुरु भएको ट्रेलर ले छोरी हरुमाथि को बर्तमान प्रतिकुलता लाई कडा व्यंग गरेको छ । चलचित्रमा रेखा थापा संगै कमला ओलीको मुख्य भूमिका रहेको छ ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् । यसअघि चलचित्रमा समाबेश दुइ वटा गीत सार्बजनिक भई सकेका छन् ।