रेखाको ‘मालिका’ दोश्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत तथा आस्था राउतले स्वर दिएकि छन् । भिडियोमा चलचित्रका लिड कलाकार रेखा र कमला वलीको यात्रा लाइ देखाइएको छ । रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका हुन् । चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ । नर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् । यसअघि ‘हल्का माया’ बोलको गीत सार्बजनिक भई सकेको छ ।