रियल जोडीको प्रेमकथा ‘बोबी’ टिजर यस्तो आयो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बोबी’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रियल लाइफमा समेत जोडीको रुपमा रहेका उमेश थापा र कविता गुरुङको प्रेमकथामा तयार भएको टीजरमा यो जोडीको प्रेममा परिवार बाधक बनेको देखाइएको छ । मिलन चाम्स निर्देशित चलचित्रमा उमेश र कविताका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।