राजेश र मेलिनाको स्वरमा पुष्पकी नानी बनिन् वर्षा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र पछिल्लो पुस्ताकी चल्तीकी गायिका मेलिना राइको स्वर समावेश पछिल्लो गीत ‘नानी ज्यान’ सार्वजनिक भएको छ । सोमबार युट्युव मार्फत गीतको भिडियो पनि रिलिज गरियो । सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । सञ्चारकर्मी समेत रहेका श्रीधर पौडेलको निर्देशनमा तयार भिडियोमा पुष्प र वर्षालाई प्रेम भावमा भेट्न सकिन्छ । पौडेलले पछिल्लो समय सञ्चारकर्म सँगसँगै भिडियो तथा विज्ञापन निर्देशनमा व्यस्त बनाउदै आइरहेका छन् ।