राजेश हमाल जर्नेल बने


(सेलिब्रेटी नेपाल) ९ मंगसिर-महानायक राजेश हमाल शुक्रबार देखि पौष ७ गतेसम्म जर्नेलको रुपमा आफुलाई प्रस्तुत गरिरहेछन् । लाजिम्पाट तेजभवनस्थित थियटर भिलेजमा शुक्रबारबाट शुरु भएको ”कोर्ट मार्शल” नाटकमा नायक हमालले आफुलाई जर्नेलको रुपमा प्रस्तुत गरेका हुन।
rajesh-hamal-drama
यही नाटकको लागि हमालले लामो समय प्रशिक्षण समेत लिएका थिए हमाल पहिलोपटक यसैनाटक मार्फत रंगमञ्चमा देखिएका हुन। सन् १९९१ मा प्रकाशित भएयता यो नाटक दक्षिण एसियामा विभिन्न भाषामा ४ हजारभन्दा धेरै पटक मञ्चन भइसकेको कोर्ट मार्शललाई भारतीय लेखक स्वदेश दीपकको नाटकलाई अनुप बरालले प्रकाश घिमिरेको सहयोगमा नेपालीमा अनुवाद गरेका हुन्।