पर्ख पर्ख मायालुले कमायो १ करोड भ्युज ! केक काटेर सेलिब्रेसन


सेलिब्रेटी नेपाल काठमाडौँ

फोटो/भिडियो -सुरेन्द्र थापा
आगामी शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘मंगलम’ मा समाबेश पर्ख पर्ख मायालु बोलको गीतले १ करोड भ्युज कमाउन सफल भएको छ ।युट्युबमा सार्वजनिक भएको ६ महिनामा यो गीतले करोड भ्यू पाएको हो । लोक लयको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द/संगीत सुन्न सकिन्छ । शिल्पा पोखरेल र पुष्प खड्का नाचेको गीतको भिडियाका कोरियोग्राफर कविराज गहतराज हुन् ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले युट्युबमा गीतलाई करोड पटक हेरिएको अवससरमा केक काटेर सेलिब्रेसन गर्यो ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु कल्पितको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।