नवौँ डी सिने अवार्ड हेटौडामा हुने


सेलिब्रेटी नेपाल काठमाडौँ

विगत नौं बर्ष देखि नियमित रुपमा आयोजना हुदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार रुपमा काठमाण्डुमा आयोजना भएपछी गतबर्ष देखि मोफसलमा आयोजना हुन् लागेको अवार्ड यसपटक हेटौडामा आयोजना हुने बताईएको छ । डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना गरिएको यो अवार्डले डिजिटल प्रविधिको विकाससँगै आफुलाई पनि फैल्याउदै लगेको छ । गतबर्ष पोखरामा आयोजना भएर मोफसल पुगेको योअवार्ड यसपटक हेटौडामा भने असारमा आयोजना हुनेछ । अवार्डमा सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट फिल्म हेर्ने कार्य पनि भैरहेको छ ।

डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् । ०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौँ बर्षको अवसरमा दर्ता शुल्क पनि रुपैया नौ सय मात्र राखिएको छ ।