मिस नेपाल सृष्टि डानसमा एक नम्बर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रोमियो एण्ड मुना’ मा को ‘डानसमा एक नम्बर’ बोलको तीज गीत सार्बजनिक गरिएको छ हिन्दु नारी हरुको महान चाड तीजको परिबेशमा बनेको गीतले यति बेला तीज नजिकिदै गर्दा लोक प्रियता पाउने आशाका साथ निर्माण युनिटले सार्बजनिक गरेको छ तीजको अबसरमा प्रदर्शनमा गर्ने तयारी गरिएको चलचित्र प्राबिधिक कारणले आउँदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।

नरेश कुमार केसीको निर्देशन रहेको उक्त चलचित्रको सार्वजनिक गीतमा सृष्टि श्रेष्ठसँगै सुष्मा कार्की, बसुन्धरा भुषाल, मेनुका प्रधान देखिएका छन् । गीतमा रहेको शब्द सृजना दिनेश राउत र नरेश कुमार केसीको हो भने संगीत कोशिश क्षेत्रीको रहेको छ । विनय श्रेष्ठको निर्माण रहेको रोमियो एण्ड मुनामा समावेश सार्वजनिक गरिएको उक्त गीतमा कोशिशसँगै मिना पोखरेल निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको छ ।

एक घमण्डी युवा र सरल युवतीबीचको प्रेम कथा नै रोमिया एण्ड मुनाको मुख्य कथा रहेको र जसमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।