मोडलिंगबाट नायिका बन्ने सुरमा सन्ध्या


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला क्षेत्रमा लागेर आफ्नो करिएर बनाउन चाहने हरुको संख्या दिन प्रतिदिन बढ्दो छ कैलाली जिल्लामा जन्मिएकी सन्ध्या पौडेल उनि कलाकारितामा लागेको करिब ४ बर्ष भयो । उनले भोजपुरी भिडियो,भोजपुरी चलचित्र नेपाली चलचित्रमा आइटम गीत तथा ४ दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियोहरुमा काम गरि सकेकी छिन । अब उनको यात्रा नेपाली चलचित्र नायिका बन्नु हो । अहिले सम्मको अनुभव र सिकाई लाई अब राम्रो टिम तथा राम्रो कथामा आफुलाई प्रस्तुत गर्ने उनको सोच रहेको छ ।

कलाकारितामा लाग्दा सुरुको दुख सम्झदा रुन मन लाग्छ तर अहिले सफल हुदै जाँदा खुसि लागेको बताउने सन्ध्या नाच्नमा पोख्त छिन । ‘मान्छे कहिले पनि सन्तुस्ट हुदैन तर आफ्नै मेहनतले जति अघि बढेको छु अहिले सम्म खुसि नै छु र अझै केहि गर्छु भनेर यो क्षेत्रमा लागेको छु निरन्तर मेहनत गर्छु’ उनि बताउछिन।